• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

हेर्न लायक नेपालि चलचित्र ‘आमा’


  •     / २०७६, १५ फाल्गुन बिहीबार प्रकाशीत

  • Advertisement

    फागुन १५ – यो आरोप धेरैजसो सिनेमाको हकमा सही पनि हो। नेपाली सिनेमाका कथा यथार्थसँग भन्दा पनि स्वैरकल्पनासँग नजिक छन्। ती स्वैरकल्पना पनि सिनेमाका रुपमा पर्दामा उपस्थिति कमजोरै रहँदै आएको छ। यध्यपि बेलाबेलामा नेपाली सिनेमाले केही पृथक दिने गर्छ।गत शुक्रबार रिलिज भएको दीपेन्द्र के खनाल निर्देशित ‘आमा’ एउटा त्यस्तै सिनेमा हो। चार वर्ष पहिला ‘पशुपति प्रसाद’मा भूईंमान्छेको कथा भनेर नेपाली दर्शकलाई एउटा उत्कृष्ट समय पस्किएका दीपेन्द्रले त्यही प्रयास ‘आमा’ मार्फत गरेका छन्।सिनेमाले नेपाली समाजको वर्तमान अवस्था बोलेको छ।  सन् १९५७ मा मेहबुब खानको निर्देशनमा ‘मदर इण्डिया’ नामक सिनेमा रिलिज भएको थियो। ‘मदर इण्डिया’ले एउटी भारतीय महिलालाई ‘विम्व’का रुपमा प्रस्तुत गर्दै कसरी उनी आफ्नो आत्मसम्मानमा सम्झौता रक्षा गर्दै सत्यको पक्षमा विशेषगरी नारी गरिमाको लागि सन्तान मोह त्यागेर न्यायको बाटो रोज्छिन् भन्ने देखाएको थियो। यसका अलावा कृषि प्रधान तात्कालिन भारतको समाज पनि सिनेमाले प्रस्तुत गरेको छ।

    तर ठीक यसको विपरित दीपेन्द्रको ‘आमा’ सिनेमाले भने अप्रिय परिस्थितिसँग जुध्न विवश एउटी आमा-श्रीमतीको कथा सिनेमाले भन्छ। सिनेमाले भाइ, छोरा श्रीमान मुग्लान पसेपछि यता आमा, श्रीमती र दिदीबहिनीले भोग्नुपर्ने पीडा र गर्नुपर्ने संघर्ष देखाउँछ।सिनेमाले लडेपछि टाउकोमा रगत जमेका एक पात्रलाई उपचारका लागि अस्पतालमा भर्ना भएपछि उनीहरूले भोग्ने पिडा र त्यसबाट उम्कन गर्ने संघर्ष पेस गर्छ।यो सँगै नेपाली समाजको पितृसमाजको मनोविज्ञानले एउटा महिला कुन स्तरको अन्तरस्करणसम्म पोषिएकी हुन्छे भन्ने कुरा सिनेमामा मिथिला शर्माको चरित्रमा देख्न सकिन्छ। सिनेमाले अब बन्ने नयाँ आमाहरू कसरी बलियो हुँदैछन् भन्ने देखाएको छ।सिनेमाले ‘टेक्स्ट’मा जति कुरा भन्छ त्यो भन्दा बढी यसको ‘सब-टेक्स्ट’मा सिनेमाले धेरै कुरा भन्छ, अनुभुत गराउँछ। यसको महशुस आफ्ना परिवारका सदस्य बाहिर जान बाध्य दर्शकहरूले मनदेखि नै बुझ्छन्। यो नै सिनेमाको सबल पक्ष हो।

    सिनेमाले नेपाली समाजको एउटा सामान्य मध्यम वर्गले भोग्ने पीडालाई सजिव रूपमा पर्दामा प्रस्तुत गरेको छ। सिनेमाले नेपालमा सब हुनु तर विरामी नहुनु भन्ने देखाएको छ। अस्पतालका लागि कसरी एउटा मान्छे जीवन नभई एउटा कमाउने अवसर हुन्छ भन्ने कुरा मन कटक्क खान्छे भने अर्को तर्फ डा. केसीको लडाईं सम्झाइदिन्छ। योसँगै सिनेमाले बदलिदैं गएको नेपाली समाजमा छोरी, आमा, श्रीमतीका भूमिकाहरू पुरुषहरूको अनुपस्थितिमा परिवर्तन हुँदैछ र विपरित परिस्थितिमा लड्न उनीहरू कसरी तयार हुँदैछन् र हुनुपर्छ भन्ने सिनेमाले देखाएको छ।कुनै पनि कुरा एकोहोरो भइरहँदा त्यो मानिसका लागि झिजों लाग्दो हुन्छ। निर्देशक खनालले वर्षातको समयमा पात्रको भोगाइलाई प्रस्तुत गर्दै दर्शकलाई आफ्नो कथामा एकोहोरो बनाएका छन्। यो उनको निर्देशकिय खुबी हो। उनको यो खुबीले सिनेमालाई अब्बल बनाएको छ।यसको मतलब सिनेमा कमजोरीमुक्त छ भन्ने होइन्। कमजोरीका बाबजुत निर्देशकले पर्दामा प्रस्तुत गरेको कथाको संवेदनाले दर्शकलाई बाँधिराख्छ। यो उपक्रममा पहिलो हाफमा भन्दा दोश्रो हाफमा ज्यादा छ।

    सिनेमा सबैभन्दा बलियो नै यो भागमा छ। निर्देशकले संवेदना दर्शकको मन जम्मा गराउने ध्याउन्नमा कथालाई पहिलो हाफमा केही समय रोकेका छन्। यहाँ प्रशस्तै कैची चलाउने ठाँऊ छन्। उनले पटकथालाई थप कसिलो बनाउन सक्थे। त्यसमा उनी चुकेका छन्।सिनेमा सबैभन्दा तारिफयोग्य कलाकारहरुको अभिनयले हो। मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, अशान्त शर्मा, अर्पण थापा आदिले आफ्नो पात्रलाई जीवन्त बनाएको छ।विशेषगरी सिनेमाभरी सुरक्षा पन्तको अभिनय एकनासको छ, उत्कृष्ट छ। यस्तै पर्दामा नदेखिए पनि संवादमा मात्र सुनिने अर्पण थापाको आवाजको उपस्थितिले उनको भौतिक अनुपस्थितिलाई कम हुन दिएको छैन।

     

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२ राजधानीमा सम्पन्न
    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.