• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

चिसो र पानी पर्ने मौसममा हेरचाह


  •     / २०७६, १५ फाल्गुन बिहीबार प्रकाशीत

  • Advertisement

    बिहिवार, फाल्गुन १५, २०७६;तपाईं न्यानो हुनुभएन भने व्यायाम गरेका बेला मांसपेशीहरूमा पर्याप्त अक्सिजन पुग्न पाउँदैन, जसले गर्दा मांसपेशी अड्किने सम्भावना अधिक हुन सक्छ ।फागुन महिनामा आइरहेको मौसमी परिवर्तनले धेरै मानिसलाई बिरामी बनाइरहेको छ । बेला–बेलामा पानी पर्ने, हावा–हुरी चल्ने र चिसो बढ्ने क्रम पनि जारी नै छ ।

    तरल पदार्थ बढी सेवन गर्नुहोस्
    धेरैजस्तो व्यक्ति यो मौसम चिसो भएका कारणले पानी कम पिउने गर्छन् । गर्मी महिनामा जस्तो पसिना त निस्किँदैन, तर तीव्र गतिको श्वास–प्रश्वासको मध्यमबाट थोरै मात्रामा भए पनि तरल बाहिरिन्छ । त्यसकारण चिसोमा व्यायाम गर्दा श्वास–प्रश्वासको पानी नोक्सान हुने गर्छ । थर्मो–रेगुलेसन कायम राख्न र विशेष गरी नियमित कसरतका बेला तरल पदार्थको खपत कायम राख्नु महत्वपूर्ण छ ।

    वार्म–अप
    कुनै पनि तीव्र कन्डिसन, कसरत सुरु गर्नुअघि र विशेष गरी चिसो अवस्थामा वार्म अपले शरीर र मांसपेशीहरूलाई पूर्ण रूपमा न्यानो राख्न र पछिल्ला कार्यहरूका लागि तयार बनाउँछ । न्यानो कपडा लगाउनुहोस्, जसले शरीरमा गर्मीको सम्भावना कम नगरोस् । यदि तपाईं न्यानो हुनुभएन भने व्यायाम गरेका बेला मांसपेशीहरूमा पर्याप्त अक्सिजन पुग्न पाउँदैन, जसले गर्दा मांसपेशी अड्किने सम्भावना अधिक हुन सक्छ ।

    सकेसम्म पानीबाट बच्नुहोस्
    यदि थोरै मात्र अथवा पूरै पानीमा भिज्नुभएको छ भने तपाईंको भिजेको लुगा बदल्नुहोस्, चाहे तपाईंले व्यायाम गरेको बेला वा पानी परेको बेला होस् । यो गर्नु महत्वपूर्ण छ, किनकि भिजेको लुगाले कुनै न कुनै किसिमले इन्सुलेटिङ (तातो प्रदान गर्ने क्षमता) गुमाउँछ र तपाईंको शरीरले तीव्र गतिमा तातो गुमाउँछ । न्यानो कपडा परिवर्तन गर्नुहोस् वा आफूसँग न्यानो राख्ने अर्को कपडा बोक्नुहोस् र आफूलाई अझै न्यानो बनाउनुहोस् । तपाईं बाहिर जानुअघि वा वार्म–अप गरेपछि जहिले पनि आफ्नो शरीरलाई तन्काउनुहोस् ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भोलिदेखि बालबालिकालाई खोप लगाइने
    स्वास्थ्य बीमा आफैँ बिरामी
    भारतमा २४ घण्टामा तीन हजार १५७ जना कोरोनाका नयाँ सङ्क्रमित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.