• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football cricket खेलकुद koche nepal.com power news covid-19 sports प्युठान messi सिद्धार्थ गौतम बुद्ध क्याम्पस

समयमै पूरा हुन सकेन बेलहिया–बुटवल व्यापारिक मार्ग


  •     / २०७६, १५ फाल्गुन बिहीबार प्रकाशीत

  • Advertisement

    फागुन १५  ,बुटवल पाँच वर्षमा निर्माण सम्पन्न गर्नेगरी शुरु भएकोे बेलहिया बुटवल सडक खण्डको साढे २७ किलोमिटर सडकको स्तरोन्नति निर्माण कार्य अहिलेसम्म पूरा हुन सकेको छैन । विगतमा दुई लेन रहेको सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने उक्त सडकको स्तरोन्नतिको निर्माण कार्यमा ढिलाइ भइरहेको छ । उक्त सडकको आव ०६८÷०६९ मा छ लेन गर्नेगरी काम शुरु भएको थियो । निर्माण शुरु भएको आठ वर्ष बितिसक्दा पनि तोकिएको समयमै काम सम्पन्न नहँुदा सवारी आवतजावतमा समस्या सिर्जना भएको छ । ८० किलोमिटर प्रतिघण्टा गतिमा सवारी साधन चलाउन मिल्ने डिजाइनसहित स्तरोन्नति भइरहेको उक्त सडकको काम भने अत्यन्तै धिमा गतिमा भइरहेको छ । “यही तालले काम हुने हो भने पूरै तयार हुन अझै दुई वर्ष लाग्छ, अञ्चलपुर पडसरीमा त्यतिकै छ, बेलहियामा त्यस्तै छ, बुटवलमा झनै घर भत्काउनै बाँकी छ”, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका महासचिवसमेत रहेका स्थानीय बासिन्दा नेत्रप्रसाद आचार्यले भन्नुभयो ।

    तस्बिर;-गुगलबाट साभार 

    उक्त सडक खण्डको भैरहवाको अञ्चलपुरदेखि लखनचोकसम्म दुई किलोमिटर ८०० मिटरको सडक, बुटवल चौराहादेखि गोलपार्कसम्मको साढे तीन किमी सडक र बेलहियाको साढे ७०० मिटर बाटो अहिलेसम्म अधुरै रहेको छ । त्यसका अतिरिक्त ठाउँठाउँमा कतै नालाको स्लेप त कतै ¥यालिगङ बाँकी रहेका छन् । भैरहवाको अञ्चलपुरदेखि लखनचोक सडक खण्डको ठेक्का बिरुवा श्रेष्ठ एपेक्स जेभीले जनवरी १२, २०१६ मा ठेक्का सम्झौता गरेको थियो । उक्त कम्पनीले रु ४३ करोड ६३ लाख ७१ हजार ६३२ मा ११ अगस्त २०१८ मा काम सक्नेगरी सम्झौता गरेको भए तापनि अझै काम बाँकी छ ।दुवैतिरको सर्भिस लेनको काम भएको छैन । सेलेप लगाउन बाँकी छ । निर्माण सामग्री सडकमै असरल्ल राखिएको छ । उक्त कम्पनीले रु ३९ करोड ९८ लाख ३८ हजार रकम निकासा गरिसकेको आयोजनाका लेखा अधिकृत ईश्वरीप्रसाद देवकोटाले बताउनुभयो । बेलहियाको ७०० मिटर बाटो विस्तारको कामको ठेक्का बिरुवा कन्सट्रक्सनले पाएको छ ।

    यसको कूल ठेक्का रु १६ करोड ८५ लाख ७० हजारको रहेको छ । उक्त क्षेत्रमा एक चौथाइ काम बाँकी नै रहेको छ । तर ठेकेदार कम्पनीले उक्त सडक खण्डको रु चार करोड २४ लाख ५२ हजार रकम निकासा गरिसकेको छ ।यसैगरी बुटवल चौराहादेखि गोलपार्कसम्मको सडकखण्डको ठेक्का ३० महिनाभित्र सम्पन्न गर्नेगरी द कञ्चनजङ्घा बिरुवा जेभीसँग विसं २०७३ चैत १७ गते (३० मार्च २०१७) मा सम्झौता भएको थियो । उक्त सडकका लागि रु ४१ करोड, ३९ लाख २३ हजार रकमा ठेक्का लागेको थियो । छ लेनको बनाउनुपर्ने उक्त सडक अहिलेसम्म चार लेनको तयार छ भने दुई लेनमा अहिले पनि भौतिक संरचना कायमै छन् ।

    आयोजना कार्यालयले बुटवल चौराहादेखि गोलपार्कसम्म सडक सीमाभित्र रहेका घर संरचना हटाउन विसं २०७४ साउन २ गते सार्वजनिक सूचना प्रकाशित गरेको थियो । त्यसलगत्तै साउन ५ गते सम्बन्धित घरधनीहरुलाइ नै पत्र पठाई २०७४ भदौ ५ गतेसम्म समय सीमा दिइ पत्राचार गरिएको थियो । यसरी पटकपटक मौखिक तथा लिखितरुपमा सम्पर्क गरी घर संरचना हटाउन अनुरोध गर्दा अटेरी गर्ने घरधनीलाई अन्तिम पटक भन्दै १५ दिनभित्र हटाउनेगरी विसं ०७४ चैत १२ गते सार्वजनिकरुपमा माइकिङसमेत गरेको थियो । त्यति गर्दा पनि संरचना नहटेपछि एक हप्ताभित्र नहटाए डोजर लगाएर हटाउने भन्दै ०७५ वैशाख ४ गते सार्वजनिक सूचना जारी गरिएको थियो ।

    सो अनुसार पनि संरचना नहटेपछि ०७५ वैशाख १२ गते डोजर लगाएर संरचना हटाउँदै गर्दा उच्च अदालत तलसीपुर बुटवल इजलासले तत्काल काम स्थगित गर्नु भनी आदेश दिएकाले काम रोकिएको छ । अहिले पछिल्लो समय अदालतले उक्त मुद्दा जिल्ला प्रशासन कार्यालयले मुआब्जा दिनुपर्नेलाई दिनेगरी अगाडि बढाउनु भनी निर्देशन दिएअनुसार जिल्ला प्रशासनमा पुग्यो । यता प्रशासन कार्यालयले सरकारी जग्गामाथि संरचना बनाएकाले मुआब्जा दिन नपर्ने भनी सूचना गरेको देखिएको छ ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्त भन्नुहुन्छ, “अदालतको निर्देशनअनुसार हाम्रो समितिको बैठक बसी सूचना निकाल्यौँ तर मैले सुनेको छु उहाँहरु जिल्लास्तरीय मुआब्जा समितिको निर्णय स्वीकार्य नभएको भन्दै गृह मन्त्रालयमा जानु भएको छ रे, तर अहिलेसम्म माथिबाट केही आएको छैन ।” उक्त सडक खण्डमा ३१० घर र बाँकी ४७ खाली जग्गा गरी ३५७ जनाले सडक सीमा मिचेकामा १०० जनाभन्दा बढीले यसअघि नै घर भत्काइ सडक खाली गरिदिएका छन् ।

    पाँच पटकसम्म म्याद थप्दा सम्झौताअनुसारको काम सम्पन्न नगरेपछि बेलहिया बुटवल व्यापारिक मार्ग आयोजनाले कालिका तामाङ प्यासेफिक जेभीलाई रु तीन करोड ८७ लाख जरिवाना तिरायो । राष्ट्रिय गौरबको आयोजना बेलहिया बुटवल व्यापारिक मार्गअन्तर्गतको सो सडकखण्डमा उक्त कम्पनीले डण्डामा ४० मिटर लम्बाइ र १० मिटर चौडाइको पक्की पुल, डण्डा पुलदेखि सीता नर्सरीसम्म ७०० मिटर बाटो र ब्रमेलीटोलदेखि अञ्चलपुरसम्म एक हजार ४०० मिटर बाटो निर्माण गर्नेगरी सम्झौता गरेको थियो । विसं २०७३ असार ३१ मा सम्पन्न गर्नेगरी पूर्वमन्त्रीसमेत रहेका विक्रम पाण्डेको निर्माण कम्पनीले ठेक्का लिएको थियो ।

    बाह्र ठेक्का, काममा सुस्तता

    बेलहिया बुटवल सडकखण्डको साढे २७ किलोमिटरको सडक निर्माणका लागि १२ वटा भिन्नभिन्न ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरेका थिए । जसअनुसार शर्मा दिव्या द कञ्चनजङ्घा जेभी, लुम्बिनी कन्ट्रयाक्टर आशिष जेभी, लामा रायमाझी कञ्चनजङ्घा जेभी, कालिका तामाङ प्यासिफिक जेभी, शर्मा लामा कञ्चनजङ्घा जेभी, टिसीआइएल, कालिका रायमाझी जेभी, भारतीय कम्पनी टिसीआइएल, बिरुवा श्रेष्ठ एपेक्स जेभी, बिरुवा कन्सट्रक्सन, द कञ्चनजङ्घा बिरुवा जेभी, महादेव खिम्ती आसियाटिक महेश जेभीले उक्त सडकको अलगअलग ठाउँमा ठेक्का लिएका थिए । तीमध्ये अन्यले काम सकिसकेको भए तापनि अहिले सम्म विरुवा श्रेष्ठ एपेक्स जेभी, द कन्चनजंघा विरुवा जेभी र विरुवा कन्सट्रक्सनले काम सकेका छैनन् ।  रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    लियो क्लब अफ बुटवल सेन्ट्रलको अध्यक्षतामा जिबन शर्मा निर्वाचित
    कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड

    • २. गुल्मीमा सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा

    • ३. आईपीएलका बाँकी खेलका लागि अस्थायी वैकल्पिक खेलाडी थप्ने अनुमति

    • ४. ‘सगरमाथा संवाद’ आजदेखि, एक सय ७५ विदेशी पाहुना काठमाण्डौमा

    • ५. दिल्ली क्यापिटल्सले जेक फ्रेजर-म्याकगर्कको स्थानमा मुस्ताफिजुरलाई अनुबन्ध गर्यो 

    धेरै पढिएको
    • १. वेलवास माविमा अक्षयकोष स्थापना, चेतन भुसालद्वारा एक लाख बढीको सहयोग

    • २. आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

    • ३. स्वर्गद्वारी नगरपालिका ‘पूर्ण खोप सुनिश्चिता तथा दिगोपना’ घोषित

    • ४. गुल्मीमा सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा

    • ५. दिल्ली क्यापिटल्सले जेक फ्रेजर-म्याकगर्कको स्थानमा मुस्ताफिजुरलाई अनुबन्ध गर्यो 

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.