२०७६ फागुन १५ गते;नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको बिहे चर्चा केही दिनदेखि चलिरहेको छ । उनीहरुले बिहिबार कानुनी रुपमा बिबाह गरेका छन् । जिल्ला अदालत ललितपुर पुगेर दुइले कानुनी रुपमा बिहे गरेका हुन् । अदालतमा उनीहरुले एक अर्कालाई माला लगाइदिएका थिए ।
अदालतमा उनीहरुका पारिवारिक सदस्य मात्र सहभागी थिए । नायिका कार्कीले कानुन अनुसार, आफूहरु एक भएको भनेर सामाजिक संजालमा तस्वीर पनि पोष्ट गरेकी छिन् ।