• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

शुक्रबार के गरे मिल्छ आर्थिक लाभ ?


  •     / २०७६, १६ फाल्गुन शुक्रबार प्रकाशीत

  • Advertisement

    एजेन्सी | फागुन १६   आज शुक्रबार । शुक्रबारको दिन सन्तोषी माता, लक्ष्मी र कुबेर यन्त्रको पूजाआराधना गरे घरमा धनका साथै समृद्धि हुने धार्मिक विश्वास गरिन्छ । माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ । जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्‍याउँछ । यो दिन व्रत लिने व्यक्तिले फलाहारका रुपमा चना र सख्खर प्रयोग गर्नु उत्तम हुनेछ । व्रतमा अमिलो खानु ठूलो त्रुटी हुनेछ । साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । धार्मिक रुपमा शुक्रबार तीन किसिमको व्रत तथा पूजा गरिन्छ ।

    यीनीहरुको व्रत विधि भने अलग-अलग हुन्छन् । यो दिन सेतो कपडा लगाउनु पर्छ । शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ । शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख-शान्ति तथा मनोकांक्षा पूरा हुनेछ । शुक्र ग्रहले पीडित हुँदा शान्तिका लागि सेतो रंगको घोडा दान गर्नुपर्दछ । रंगीन वस्त्र, रेशमी कपडा, घिऊ, सुगन्ध, चिनी, खाद्य तेल, चन्दन, कपुरको दानले शुक्र ग्रहको विपरित दशामा सुधार हुनेछ । शुक्रसँग सम्बन्धित रत्नको दानले पनि लाभ मिल्नेछ । यस वस्तुहरुको दान शुक्रबारको दिन सन्ध्या कालमा कुनै युवतीलाई दिनु उत्तम हुन्छ । शुक्र ग्रहसँग सम्बन्धित दशाले समस्याग्रस्त हुनुहुन्छ भने शुक्रबारको दिन व्रत बस्नु पर्दछ । शुक्रबारको दिन शुक्र ग्रहको पूजा गरे प्रेम र धन प्राप्त हुन्छ ।

    ग्रहहरुमा सबैभन्दा चम्किलो ग्रह शुक्र हो । शुक्र ग्रहलाई प्रेमको प्रतीक मानिन्छ । जसको जन्म कुन्डलीमा शुक्र आफ्नो दशाको कारण अशुभ फल दिइरहेको छ । र यसको प्रभावले विभिन्न रोगको सामना गर्नु परिरहेको छ भने शुक्रलाई खुशी बनाए बिग्रिएको ग्रह सुद्दिकरण गर्नुपर्छ । शुक्रले मुख्यरुपमा हाम्रो जीवनको सुखसँग सम्बन्ध राख्दछ । वैभव, ऐश्वर्य, सम्पदा र प्रसिद्धि शुक्र ग्रहको पूजा गर्नाले प्राप्त हुने विश्वास गरिन्छ । त्यसैगरी  कुबेरको पूजा गर्नका लागि सवैभन्दा उत्तम बारका रुपमा शुक्रबार मानिन्छ । तामाको एक प्लेटबाट बनेको कुबेर यन्त्रलाई आफ्नो घर, अफिस तथा पसलहरुमा राख्न सकिन्छ । यसले जीवनमा सुखी, सम्पन्न र ऐश्वर्या प्राप्त गर्नको लागि कुबेर ७२ अंकलाई शुभ मानिन्छ । कुबेर यन्त्र हरेक पटक आफ्नो आँखाले देख्ने गरी राख्नुपर्छ ।

    यसको मुख उत्तर वा पूर्वी दिशामा फर्काएर राख्ने गर्नुपर्छ । हरेक बिहान पुजा गर्दा सुगन्धित धुप बाल्नुपर्ने हुन्छ । जसले गर्दा घरमा सकारात्मक उर्जा प्रदान गर्छ र नकारात्मक उर्जा हटेर जान्छ । कुबेर यन्त्रको पूजा गर्दा भगवान कुबेरको मन्त्र जप गर्नुपर्छ । ॐ श्रीं ह्रीं क्लीं श्रीं क्लीं वित्तेश्वराय नमः॥ यो मन्त्र हरेक बिहान २१ या १०८ पटक जप गर्नुहोस् ।  पुजा सामाग्रीः धनका देवताको रुपमा पूजिने कुबेरको पूजा गर्दा हल्दी, जल, उखु, कुबेर यन्त्र, पहेलो बस्त्र, कलश, आँपको पात, पुष्प अक्षता, चन्दन, कुमकुम, पीपलको पात, सुपारी, दीप, घ्यू, तेल, दही, धूप, आदि आवश्यकता पर्छ । शुक्ल पक्षको कुनैपनि शुक्रबार रात्रिमा कुबेरको पूजा शुभारम्भ गर्नुपर्नेछ । भोलिपल्ट बिहान काममा जानु भन्दा अगाडि कुबेरको आशिक लिएर घरबाट निस्किएमा तपाईलाई दिन सुखमय बित्नेछ भने धन प्राप्ति हुने योग बन्ने विश्वास गरिन्छ ।  शुक्रबारबारका दिन सन्तोषी माताको पनि वर्त बस्ने गरिन्छ ।

    सन्तोषी माताको व्रत बस्ने व्रतालुले अमिलो फलफू, सागसब्जी सेवन गर्नुहुँदैन । सन्तोषी मातालाई हिन्दु धर्ममा सन्तोष, सुख, वैभवकी माताको रुपमा पुजिन्छ । धार्मिक मान्यता अनुसार माता सन्तोषी भगवान गणेशकी पुत्री हुन् । सन्तोषी माताले हामीलाई सन्तोष दिएर हाम्रो जीवनमा खुसी प्रवाह गर्छिन् भन्ने मान्यता छ । सन्तोषीको व्रत तथा पूजा गर्नाले धन, सन्तान, विवाह आदि भौतिक सुख शान्ति मिल्ने विश्वास गरिन्छ । सन्तोषी माताको पूजापाठ व्रत बस्दा शोक, चिन्ता, आपतविपत आइपर्दैन र धन–सम्पत्ती प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ । सन्तोषी माताको व्रत लगातार १६ वटा शुक्रबार बस्नु पर्दछ ।

    पूजा विधि पूजा विधिका लागि सन्तोषी माताको तस्वीर, कलश, पानको पात, फूल, प्रसादका रुपमा चना तथा गुड, आरतीका लागि कपूर, अगरबत्ती, दीपक, हल्दी, कुमकुम, कलश स्थापनाका लागि नरिवल, पहेलो अक्षता लगायतका सामाग्री आवश्यक पर्दछ । यी सामग्रीहरु तयारी पारेपछि सूर्यदय हुनुपूर्व नै उठेर घरलाई सरसफाई गर्नुस् । नुवाई धुवाई गरेर पूजा प्रारम्भ गर्नुपर्छ । सवैभन्दा पहिले घरको पवित्र स्थानमा सन्तोषीमाताको तस्वीर, मूर्ति, प्रतिमा राख्नुस् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरोनाका कारण मनकामना मन्दिर प्रवेशमा रोक
    यमपञ्चकको तेस्रो दिन आज, लक्ष्मीको पूजा आराधना गरि मनाइँदै
    पशुपतिनाथको दर्शन गर्न पुगे प्रधानमन्त्री ओली, राष्ट्र कल्याणको सङ्कल्पसहित सवा लाख दीप प्रज्वलन
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.