• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

नेपाल आइडलबाट बाहिरिए पछि रचनाले लेखिन मन छुने स्टाटस


  •     / २०७६, १६ फाल्गुन शुक्रबार प्रकाशीत

  • Advertisement

     फागुन १६,२०७६ नेपाल आइडलको मंच बाट रचना रिमाल नेपाल बाहिरिएकी छिन। दर्शकको भोट अनुसार रचना नेपाल आइडलको मंच बाट बाहिरिएकी हुन। रचना यस अघि भने निरन्तर अत्याधिक भोट पाउदै आइरहेकी थिइन । नेपाल आइडलको मंच बाट बाहिरिदै गर्दा उनको आखामा आशु छछल्किएको थियो । नेपाल आइडलको मंचबाट बाहिरिदै गर्दा उनले आफुलाई यहाँ सम्म ल्याउने नेपाल आइडल र सबै दर्शकलाई धन्यवाद दिएकी थिइन । अन्तरास्ट्रिय फ्रेन्चाईज शोले नेपालमा पछिल्लो समय निक्कै ठूलो स्थान पाउदै गएको छ ।

    जस्ले गर्दा नेपाली रियालिटी शो पनि अब क्वालिटिको हुनु पर्छ भन्ने चेतना भए संगै केही शोहरु एचडी क्वालिटिमा स्तरिय रुपले प्रसारण भैसकेको छ । ३ वर्ष अघिदेखि नेपाल भित्रिएको “नेपाल आईडल” को यतिवेला तेस्रो सिजनको अडिसनहरु टेलिभिजनमा प्रसारण भैरहेको छ ।

    यो हेर्नुस् रचना रिमालले लेखेको स्टाटस् :

    समपुर्णमा नमस्कार ! नेपाल आइडल सिजन थ्रीमा आज देखि मेरो यात्रा सकिएको छ । सर्वप्रथम त उत्कृष्ट ७ हुँदै अर्को चरणमा प्रबेश गर्नु हुने मलाई अत्यन्तै माया गर्नु हुने प्रतिभाशाली दाइ दिदीहरुलाई हार्दिक बधाई । फरक ठाउ, फरक परिवेश अनि फरक कोखबाट जन्मिएका हामी अब एउटै परिवार भएका छौ । तपाईंहरुको माया, साथ, सहयोग र शिक्षालाई म कहिले भुल्न सक्ने छैन । यो यात्रामा हामिले बिताएका पल र यो समय जिवनभर मुटुमा साचेर राख्ने छु ।

    तिनै जना निर्णायक ज्यु प्रति म संग आभार प्रकट गर्ने शव्दनै छैन, नेपाली संगीतका धरोहर न्हु सरले मेरो घरमै आएर मलाई सुनी दिनु भएको दिन देखि आज सम्मको यात्रामा हजुरहरुले बढाउनु भएको हौशला, दिनु भएको ज्ञान र देखाउनु भएको बाटो मेरालागि मार्गदर्शक हुनेछ्न । मलाई प्रस्तुतिकालागि तयार पार्नु हुने मेन्टर, प्रस्तोता दाइ दिदी र आइडलका सम्पुर्ण सदस्य ज्यु हरु प्रती सदैब कृतज्ञ रहनेछु ।नेपाल आइडल र एपि वान टेलिभिजनलाई मुरि मुरि धन्यवाद छ, झापाको एउटा कुनामा गित संगीत सुन्न र गाउन मन पराउने एउटा अबोध फुच्चिलाई यति ठूलो प्ल्याटफर्ममा उभाई दिनु भयो । र विशेष रुपमा हजुरहरु सबैलाई विशेष धन्यवाद, विशेष माया र विशेष आभार ! मैले कहिले महसुस पनि गरेकि थिईन कि म यति धेरै भाग्यमानी रहेछु ।

    कार्यक्रमको सुरुवाती दिन देखि नै तपाईंहरु ले दिनु भएको माया, साथ र हौसलाको लागि म संग धन्यवाद भन्ने कुनै शव्दनै छैन । आफ्नो घर गाउबाट बिरलै बाहिर निस्केकी , डर र आत्मविश्वासको अभावमा कामी रहेकी एउटा फुच्चीलाई तपाईंहरुले जुन साथ, सहयोग र हौशला दिएर लगातार तीन पटक सर्बाधिक भोट दिएर मलाई आइडलमा जसरी बलियो बनाएर राख्नु भयो त्यसकोलागी मैले जति धन्यवाद भनेपनी कम नै हुन्छ । देश देखि बिदेशका विभिन्न ठाउँबाट जसरी हजुरहरुको सहयोग पाए त्यसको ऋणि म जीवन भर रहने छु ।

    मेरो गृह जिल्ला झापाबाट मलाई जुन किसिमको सहयोग भयो त्यसको लागि म आफ्नो जिल्ला र समपुर्ण झापालीहरु प्रती कृतज्ञ छु । मलाई यहाँ सम्म ल्याउन सहयोग गर्ने स्थानीय सम्पुर्ण गुरु, आफन्त, दाजु भाइ, दिदी बहिनी, साथीभाइ र संघ संस्थालाई एक मुस्ठ आभार व्यक्त गर्न चाहान्छु । हजुरहरु समपुर्ण प्रति माफी पनि माग्न चाहान्छु कि कार्यक्रममा मैले आफ्नो क्षमता अनुसारको प्रस्तुती दिन सकिन ।धेरै कुरा सिक्न पाएको छु, अझै सिक्न बाकी छ, आगामी दिनमा आत्मविश्वास उच्च राख्दै संगीत साधनामा अगाडी बढी राख्ने छु । हजुर हरुको मायाको बदला कुनै दिन हजुरहरुलाई गर्ब गर्ने मौका दिन सके भने आफुलाई सफल सम्झिने छु । हिजो सम्म मेरो परिवारको मात्र थिए, आजबाट तपाईंहरु सबैकि “रचना” भएकी छु, यो माया कहिले कम नहोस् ।
    धन्यवाद धेरै माया ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यस वर्षको विपद्- २० लाख नागरिक प्रभावित हुने अनुमान
    पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध
    यस वर्ष डेङ्गी सङ्क्रमण थप बढ्न सक्ने जोखिम : पूर्वतयारी र सावधानीमा जोड
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना

    • २. आज असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

    • ३. ३.९१ जिपिएसहित स्वर्गद्वारी नगरपालिका प्रथम बने सुमन पोख्रेल

    • ४. एसईईको नतिजामा सुधार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

    • ५. एसईई नतिजा : प्यूठानमा ४८.८५ प्रतिशत उत्तीर्ण

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.