• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

दुलहीलाई पार्टी प्यालेसमा पर्खाएर किन भागे त आश्रय ?


  •     / २०७६, १६ फाल्गुन शुक्रबार प्रकाशीत

  • Advertisement

    फागुन १६, – दुई वर्षअघि (नाम परिवर्तन) सीताको कलेजकी साथीका माध्यमबाट आश्रय बस्नेतसँग चिनजान भएको थियो । आश्रयले सीतालाई काठमाडौँको सिनामङ्गलमा आफ्नो घर रहेको बताएका थिए ।सीतालाई काठमाडौँमा घर भएको र इन्जिनियर पढेको भन्दै आश्रयले विश्वास दिलाउँदै आए । केही समयको चिनजान र प्रेमपछि उनीहरूले विवाह गर्ने योजना बनाए ।

    केटाकेटीले दुवैले केटीको परिवारसँग विवाहको प्रस्ताव राखेकाले कसैले पनि शंका गरेनन् ।१५ दिनअघि काठमाडौँकै एक होटलमा उनीहरूको इन्गेजमेन्ट भयो । इन्गेजमेन्टमा केटीपक्षले केटालाई चार तोला सुन र पाँच लाख बराबरको फर्निचर पनि दियो । बिहेको मिति पनि तय भयो, ‘फागुन १३ गते ।’गत मङ्गलबार नयाँ बानेश्वरको अर्पण पार्टी प्यालेसमा बिहेको धुमधाम तयारी थियो । केटी पक्षलाई बिहेको चटारोले भ्याइनभ्याइ थियो ।केटी पक्षले विवाहमा करिब सयभन्दा बढी पाहुना बोलाएका थिए ।

    त्यसैले पनि बिहेको पार्टी भव्य रुपमा आयोजना गरिएको थियो । पार्टी प्यालेसमा केटीका आफन्तहरु ९ बजेदेखि नै आउने क्रम जारी थियो ।जन्ती ११ बजे आइपुग्ने समय थियो । केटी पक्ष जन्तीलाई स्वागत गर्न तम्तयार भएर बसेका थिए । तर, निर्धारित समयमा जन्ती आइपुगेन ।सीता आफैँले आश्रयलाई फोन गरिन् । आश्रयले आफ्नो काका बितेको कुरा सीतालाई भने । आश्रयले साँझतिर मात्रै जन्ती लिएर आउँछु भन्दै सीतालाई फेरि आश्वस्त पारे ।तर, साँझको ६ बज्दा पनि जन्ती आएन । सीताले फेरि आश्रयलाई फोन गरिन् ‘अफ’ थियो । त्यसपछि हल्लाखल्ला भयो ।‘काठमाडौँमा घर र इन्जिनियर पढेको भनेर केटी पक्षलाई ढाँटेका आश्रयले डरको कारण भागेको हुनुपर्छ,’ बोगटीले भने, ‘सामान्य परिवारका आश्रयले काठमाडौँकी धनाढ्य केटीसँग बिहे गर्न लागेका थिए । पछि आफैँलाई समस्या हुने डर लागेको हुनसक्छ ।’बिहेको कपडाले सजिएर बसेकी सीताको अनुहार एकाएक मलिन भयो ।

    केही बोल्नै सकिनन् । दुलहा नआएपछि केटी पक्षले प्रहरीमा उजुरी दियो । तत्कालै प्रहरीले आश्रयको खोजतलास थाल्यो ।बुझ्दै जाँदा सिनामंगलमा देखाएको घरमा आश्रय भाडामा बस्दै आएका रहेछन् । प्रहरीलाई झनै शंका बढ्यो । उनको खोजी तीव्र बनायो ।अन्ततः बिहीबार साँझ पोखरा विमानस्थलबाट आश्रय पक्राउ परे । अवैध चार हजार अमेरिकी डलरसहित आश्रयलाई महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो ।विवाहको प्रक्रिया अघि बढाउन आश्रयले केटीकी बुबालाई हजुरआमा भन्दै एकजना वृद्धालाई भेटाएको समेत प्रहरी अनुसन्धानबाट खुल्न आएको परिसरका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

    ‘काठमाडौँमा घर र इन्जिनियर पढेको भनेर केटी पक्षलाई ढाँटेका आश्रयले डरको कारण भागेको हुनुपर्छ,’ बोगटीले भने, ‘सामान्य परिवारका आश्रयले काठमाडौँकी धनाढ्य केटीसँग बिहे गर्न लागेका थिए । पछि आफैँलाई समस्या हुने डर लागेको हुनसक्छ ।’अवैध रकमसहित भेटाएको हुँदा उनलाई बुटवलको राजश्व विभागमा बुझाइएको डीएसपी बोगटीले बताए । उनले भने, ‘विश्वासघात तथा ठगी मुद्दामा जाहेरी लिएर उनीमाथि थप अनुसन्धान हुन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.