• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

शिशुहरुलाई कुन उमेरदेखि मसालेदार आहार खुवाउन थाल्नु पर्छ ?


  •     / २०७६, १६ फाल्गुन शुक्रबार प्रकाशीत

  • Advertisement

     फागुन १६ – जन्मिएको प्रारम्भिक छ महिनासम्म शिशुका लागि आमाको दूध अमृत समान मानिन्छ । आमाको दूधमा सबै प्रकारका पोषक तत्वहरु समावेश हुन्छन्, जुन शिशुको विकासका लागि उपयोगी मानिन्छ ।छ महिनासम्म शिशुलाई केवल आमाको दूधमा पिलाइन्छ । उनीहरुलाई त्यो अवधिमा अन्न अथवा पानी दिइँदैन । छ महिनापछि शिशुको अन्नप्राशन गरिन्छ र त्यसपछि शिशुलाई आमाको दूधका अतिरिक्त पानी तथा अन्य आहार दिन सकिन्छ ।

    त्यसो त शिशुलाई मसालेदार आहार खुवाउनुभन्दा पहिला आमाको मनमा के कुराको जिज्ञासा पैदा हुन्छ भने शिशुलाई कहिलेदेखि तथा कति मात्रा त्यस्तो आहार दिनु पर्छ ?प्रारम्भिक चरणमा शिशुको आहारमा दालचीनी, इलाइँची, हिङ, बेसार, अदुवा, सौंफ, ज्वानो, गरम मसला तथा जिराको प्रयोग गर्नु पर्छ । यसबाहेक शिशुलाई कुनै पनि नयाँ मसला दिनुभन्दा अघि तीन दिनको एउटा नियम अपनाउनु पर्छ । यदि तपाईंका शिशुलाई नयाँ मसला खाँदा कुनै समस्या भयो भने उसलाई त्यो मसला दोहोर्‍याएर खुवाउनु हुँदैन ।

    कुन मसला कति मात्रा ?

    बेसार : शिशुले खाने दाल अथवा तरकारीमा एक चिम्टी बेसार मिसाउनु पर्छ । यसका साथै चामलमा पनि बेसार तथा पुदीना मिसाएर शिशुलाई खुवाउन सकिन्छ । बेसारलाई छ महिनापछि शिशुको आहारमा मिसाएर खुवाउन सकिन्छ ।

    लसून : जबसम्म शिशु एक वर्षको हुँदैन, तबसम्म लसुनको एक अथवा दुई कल्लिलाई खानामा पिसेर हाल्न सकिन्छ । यसबाट दाल स्वादिष्ट बन्छ र शिशुको पाचन शक्ति पनि बलियो हुन्छ ।

    दालचीनी : दालचीनलाई स्याउ तथा नासपाती पेस्ट, प|mूट ओट्स, जाम तथा मसला जाउलोमा मिसाउन सकिन्छ । केकलाई छाडेर शिशुको भोजनमा एक चिम्टी दालचीनी पाउडर मिसाउनु उचित हुनेछ । दालचीनीले पाचन प्रकृयामा सहयोग पुर्‍याउँछ ।

    इलाइँची : साबुदाना अथवा स्याउको खीर बनाउने बेलामा एक चिम्टी इलाइँची पाउडर अथवा जाइफललाई खीरमा मिसाउनु पर्छ । यसले शिशुको स्वास्थलाई कुनै हानी पुर्‍याउँदैन। मसालेदार खीर सजिलै पच्छ ।

    जीरा : मूङ अथवा रहरको पातलो दालमा घीउ तथा जीराले झानेर शिशुलाई खुवाउनु पर्छ । जीराले शिशुको पाचन क्ष्ँमतामा नराम्रो प्रभाव पार्दैन । यो मसला एउटा एन्टि-फंगल तथा रोगाणुरोधी एजेन्ट हो ।

    गरम मसला : जब शिशु आठ महिनाका हुन्छन्, गरम मसलाको पाउडर उनीहरुखो भोजना बनाउने क्रममा मिसाउन सकिन्छ । स्वाद बढाउनका लागि गरम मसला पाउडरलाई जाउलो, पेनकेक, बिर्यानी आदिमा पनि मिसाउन सकिन्छ ।

    ज्वानो : शिशु सात महिना भएपछि उनीहरुलाई ज्वानो खुवाउन सकिन्छ । ज्वानो पाउडरको प्रयोग जाउलो, दाल अथवा अन्य कुनै पनि प्रकारको स्न्याक्समा प्रयोग गर्न सकिन्छ । शिशुको भोजनमा एक चौथाइदेखि आधा चम्चासम्म ज्वानोको प्रयोग गर्न सकिन्छ । यो मसलाले पखाला, खोकी तथा चीसो लागेको बेला शिशुलाई उपयोगी हुन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भोलिदेखि बालबालिकालाई खोप लगाइने
    स्वास्थ्य बीमा आफैँ बिरामी
    भारतमा २४ घण्टामा तीन हजार १५७ जना कोरोनाका नयाँ सङ्क्रमित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.