१६ फागुन्,२०७६ काठमाडौं । बरिष्ठ कलाकार नीर शाहले फिल्म ‘आमा’ उत्कृष्ट भएको बताएका छन् । बुधबार आयोजित ‘आमा’को विशेष शोमा फिल्म हेरेपछि शाहले उक्त प्रतिक्रिया दिएका हुन् । ‘जुन कथामा निर्देशक अगाडि बढ्नुभयो त्यस्तै बनेको छ र त्यही देखाइएको छ फिल्ममा पनि’ शाहले भने ‘जीवन आमा होइन भन्नेका लागि आमा बेग्लै संसार होला । तर, जीवन आमा पनि हो भन्नेहरुका लागि यो क्लासिक फिल्म हो ।सबैले हेर्नुपर्ने चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले छोरी पनि छोरा बनेर देखाउन सक्छ भन्ने कुरा फिल्म उत्कृष्ट तरिकाले देखाएको बताए ।
त्यस्तै चर्चित सञ्चारकर्मी रवि लामिछानेले ‘आमा’ हेरेर आफु रोएको बताए । ‘फिल्म हेरिरहँदा ५ र १० पटक दिवंगत आमालाई सम्झिए’ रविले भने ‘मेरो जीवनमा पनि फिल्मले उठाएको जस्तै घटना घटेको थियो । म अमेरिकामा हुँदा आमा वित्नुभयो । कागजी झमेलाले म पनि आउन पाइन ।’ रविले आफुलाई विश्वास गर्नेलाई आमा हेर्न समेत सुझाए ।