• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

कसरी रोक्ने गर्भावस्थामा स्ट्रेच मार्कलाई ?


  •     / २०७६, १६ फाल्गुन शुक्रबार प्रकाशीत

  • Advertisement

    २०७६ फागुन १६;गर्भधारणको क्रममा शरीरमा विभिन्न प्रकारका परिर्वतनहरु देखिन्छ । केही मानसिक परिर्वतन हुन्छ भने केही शारीरिक परिवर्तन । शरीरमा हुने परिर्वतनहरुमध्ये केहीलाई तपाईंले महसुस मात्र गर्न सक्नु हुन्छ भने कुनै परिर्वतनलाई बहिरबाट पनि स्पष्ट रुपमै तपाईंको शरीरमै देख्न सकिन्छ । त्यसरी शरीरमा बाहिरबाट स्पष्ट रुपमा देखिने परिर्वतनहरु मध्ये स्ट्रेच मार्क (तन्किएर हुने दाग) एक हो, जुन गर्भधारणको समयमा देखिन्छ र त्यसलाई अधिकांश महिलाहरुले सामान्य रुपमा लिने गरेको पाइन्छ ।यदि तपाईंले समयमा नै त्यसप्रति ध्यान दिनु भएन भने स्ट्रेच मार्कसधैं भरीका लागि तपाईंको शरीरमा देखिरहन्छ । यदि तपाईं पनि गर्भवती हुनु हुन्छ भने तपाईंले विभिन्न माध्यमबाट स्ट्रेच मार्क हटाउने जानकारीको बारेमा थाहा पाउनु भएको होला । तर एकपटक स्ट्रेच मार्क देखिएपछि त्यसलाई हटाउन विभिन्न उपाय अपनाउनु भन्दा त्यसलाई आउनै नदिनु राम्रो हुन्छ ।

    यी कारणहरुले हुन्छ स्ट्रेच मार्क गर्भधारणको क्रममा वजन बढ्नु, स्तनको आकारमा परिर्वतन हुनु, गर्भाशय बढ्नु जस्ता विभिन्न कारणले गर्दा १० मध्ये ९ जना गर्भवती महिलाहरुलाई स्ट्रेच मार्क हुन्छ ।जब तपाईंको छाला छोटो समयमा एकदम धेरै तन्किन्छ र पछि खुम्चिन्छ, त्यहि क्रममा छालामा गुलावी, रातो अथवा सिल्वर कलरको धर्को अथवा दागहरु देखिन थाल्छ । यसलाई नै स्ट्रेच मार्क भनिन्छ । जब छालामा अचानक बढी परिर्वतन हुन्छ, तब छालामा समावेश कोलाजन र इलास्टिन, जसले छालालाई टाइट राख्छ, त्यो स्ट्रेच भएर टुक्रन्छ ।

    स्ट्रेच मार्क छुट्कारा पाउनका लागि निम्न उपाए अपनाउन सकिन्छ

    १- गर्भवतीको प्रारम्भिक दिनदेखि नै मोइश्चराइजिङ क्रिम ;तपाईं गर्भवती भएको निश्चित भयो भने तपाईंले स्ट्रेच मार्क आउने सम्भावित ठाउँहरुमा मोइश्चराइजिङ क्रिम लगाएर बस्नु फाइदाजनक हुनेछ । पेट, स्तन, तिघ्रा तथा हिप शरीरका त्यस्ता भागहरु हुन्, जहाँ सबैभन्दा बढि बोसो जम्दछ । तीनै भागहरुमा गर्भवती अवस्थामा स्ट्रेच मार्क सबैभन्दा बढी आउने गर्दछ ।त्यसो त तपाईंले भिटामिन ई, कोको बटर तथा शिया बटरले भरिपूर्ण क्रिमको छनोट गर्नु पर्छ र त्यसलाई नियमित रुपले दिनभरीमा दुई देखि तीन पटक छालामा लगाइरहनु पर्छ, खासगरी सुत्नुभन्दा अघि । त्यसो गर्नाले स्ट्रेच मार्क आउनबाट रोक्न सकिन्छ ।

    २ – तौलमा नियन्त्रण गर्ने प्रयास;गर्भवती भएको बेला महिलाहरुको तौल अचानक बढ्न थाल्छ । तौल बढ्न थालेपछि उनी गर्भवती महिलाहरुको शरीरमा स्ट्रेच माक्र्स देखा पर्न थाल्छ । त्यसो त गर्भवती अवस्थामा तौल बढ्न स्वभाविक हो, तौल बढ्नु पनि पर्छ । तपाईंको तौलसंग पेटको आकार पनि बढ्छ, त्यसपछि त्यही बेटमा स्ट्रेच मार्क देखिन थाल्छ ।यद्यपि, यदि तपाईंले आफ्नो तौललाई अत्यधिक मात्रामा बढ्नबाट रोक्न सक्नु भयो भने शरीरका बाँकी भागहरु जस्तै पाखुरा, तिघ्रा, हिप आदि भागमा स्ट्रेच मार्कलाई केही हदसम्म रोक्न सकिन्छ ।

    ३ – पानी पिउनु उत्तम उपाय;छालाको लचिलोपना कायम गराइरहनका लागि तपाईंको छाला हाइडे्रेटेड भैरहन अनिवार्य छ । छाला कोमल बनाइरहनका लागि मोइश्चराइजिङ क्रिम लगाउनुका साथ-साथै अत्यधिक मात्रा पानी तथा तरल पदार्थको सेवन गर्नु अनिवार्य छ ।त्यसो त तपाईंका लागि कति पानी पिउनु अनिवार्य छ भन्ने कुरा तपाईंको शरीरको आवश्यकतामा भर पर्ने कुरा हो, तर गर्भवती महिलाहरुले औषत हरेक दिन दुई लिटर पानी पिउनै पर्छ । गर्भवतीको अन्तिम त्रैमासिकमा भने पानीको मात्रा अझ बढाउनु पर्छ ।

    ४ – भिटामिने सीले भरिपूर्ण खानेकुरा;छालामा भएको कोलाजनले नै छालालाई बलियो तथा लचिलो बनाउने गर्दछ । कोलाजनको लेभल यदि सही भैरह्यो भने छालामा चाउरीपना तथा स्ट्रेच मार्क आउँदैन । त्यस्तो बेला कोलाजनलाई कायम राख्न तथा त्यसलाई बढाउनका लागि भिटामिन सी अति नै आवश्यक हुन्छ । सुन्तला, कागती जस्ता अमिला फलफूलमा भिटामिन सी अत्यधिक मात्रामा पाइन्छ । तीनको सेवन गर्नाले छालामा कोलाजनको मात्रा कायम हुन्छ र स्ट्रेच मार्क आउन पनि रोकिन्छ ।

     ५ – नियमित व्यायाम;गर्भवतीको अवस्थामा धेर-थोर जति सकिन्छ त्यति व्यायाम गर्नु तथा शारीरिक रुपले सक्रिय रहनु अति नै अनिवार्य छ । त्यसो तौलमा नियन्त्रण आउने बित्तिकै तपाईंलाई स्ट्रेच मार्क आउने सम्भावना पनि कम हुन्छ । साथै नियमित व्यायाम गर्नाले तपाईंको छालामा रगतको सञ्चार पनि बढ्छ, छालामा भएका सेलहरुले पोषण प्राप्त गर्छन् । यी सबै प्रक्रियाले स्ट्रेच मार्क पनि आउँदैन र तपाईंको अनुहारमा गर्भवती भएको बेला समेत ग्लो आउन थाल्छ ।

    ६ – भिटामिन डीका लागि घाम; शरीरमा यदि भिटामिन डीको कमी छ भने त्यो कमीलाई पुरा गरेर तपाईंले आफ्नो शरीरमा स्ट्रेच मार्कलाई आउनबाट समेत रोक्नु हुनेछ । त्यसैले भिटामिन डी प्राप्त गर्नका लागि गर्भवती भएको बेला बिहानको घाममा हल्का हिंडडुल गर्नु फाइदाजनक हुनेछ ।

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भोलिदेखि बालबालिकालाई खोप लगाइने
    स्वास्थ्य बीमा आफैँ बिरामी
    भारतमा २४ घण्टामा तीन हजार १५७ जना कोरोनाका नयाँ सङ्क्रमित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.