फागुन १६, पोखरा महानगरपालिका २४ वर्षको दीर्घकालीन योजना बनाउने तयारीमा छ। २१०० सालसम्मको पोेखराको भौतिक, आर्थिक र सामाजिक परिकल्पनाबारे महानगरले विज्ञसँग छलफल गरिरहेको छ।
यसै सन्दर्भमा व्यापारिक दृष्टिबाट अबको २४ वर्षमा पोखरा कस्तो बन्नसक्छ? यसको सुरुआत कहाँबाट गर्ने? कुन ठाउँमा समस्या छ, र, समाधान कसरी खोज्न सकिन्छ ?यसबारे नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले आफ्नो धारणा राखेका छन्ःहरेक सरकारको लक्ष्य आफ्ना नागरिकको जीवनस्तर सुधार गर्ने हो।
पोखरालाई बस्न लायकको सहर बनाउने मुख्य ध्येय हो। त्यतिमात्रै होइन, बस्न आउन चाहने र पोखरा रुचाउने मान्छेलाई आकर्षक सहरको रुपमा विकास गर्ने हो। त्यति मात्र होइन, अहिलेसम्म नेपालको सबैभन्दा सफा सहरका रूपमा स्थापित पोखरालाई आउँदो २० वर्षसम्म पनि यही रूपमा लैजाने दृढ प्रतिबद्धता हुनुपर्छ। त्यसका लागि के के गर्नुपर्छ, त्यो नगरपालिकाले गर्ने हो । बाहिरका मान्छेहरूका लागि यो हेर्नुपर्ने सहर र घुम्नुपर्ने सहर हुनुपर्छ, काठमाडौंपछि कुनै अन्तर्राष्ट्रिय सहर छ भने त्यो पोखरा मात्रै हो।पोखराको सहरको इतिहास धेरै पुरानो छैन। १८०९ सालमा २६ कुरिया भनिन्थ्यो।
पाँच वर्ग किलोमिटरभित्र १ सय ५० जना मान्छे ल्याएर बसाइएको सहर हो यो।अहिले पोखरा ६ लाख हाराहारी मान्छे बस्ने सहर भैसक्यो। आउँदो २० वर्षमा १८ देखि २० लाखसम्म मानिस बसोबास गर्छन् भन्ने प्रक्षेपण गर्न सकिन्छ।त्यति मात्र होइन, आउँदो २० वर्षमा पोखरामा झन्डै २ करोड मान्छेले आवतजावत गर्नसक्ने प्रक्षेपण छ। अहिलेको अवस्थालाई मूल्यांकन गर्दा पोखराबाट काठमाडौं पुग्ने सडक फराकिलो बन्दैछ। नारायणगढ चितवन भएरअन्य सहरमा पनि त्यस्तै फराकिला सडक बन्दैछन्।बुटवल–भैरहवा सडक पनि विस्तार हँुदै छ। कोराला नाका हाम्रा लागि सबैभन्दा राम्रो सडकका रूपमा विकास हुने निश्चित छ।
पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघरेल त आइहाल्छ, पोखरा चक्रपथ बन्छ। त्यहाँ बिजुलीका ट्रेन चलाउँछौं भन्ने दृढता पनि छ। अन्तर्राष्ट्रिय विमानस्थललाई अधिकतम प्रयोग कसरी गर्ने भन्ने कुराको सोच अहिले नै गर्नुपर्छ। यो पूर्वाधार विकासको क्रम जुन छ, सँगै आएको छ–मध्यपहाडी लोकमार्ग। यसले सबै व्यवसायिक सम्भावनाको ढोका खुलेको छ। पूर्वाधार बन्नु भनेको बिजनेस अवसरलाई आकर्षण गर्नु हो, निम्तो दिनु हो।
अब महानगरपालिकाको ध्यान व्यवसायको आकर्षण कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित हुनुपर्छ।तर, हामीले सबैखाले बिजनेस पोखरामा सम्भावना छैन भन्ने बुझ्नुपर्छ। हामी खोजिरहेका छौं हरियाली सहर। हामी खोजिरहेका छौं, प्रदूषणमुक्त सहर।अहिले पनि नेपाल सरकारले निश्चित गरेको मापदण्ड ४० एमपीएच हो। तर, पोखराको लामाचौरमा ५५ देखि ६० छ। लेखनाथमा ७० पुगिसकेको छ, एमपिएच। सफा सहर भन्दाभन्दै पनि, वायु प्रदूषण छैन भन्दाभन्दै पनि सरकारले तोकेको मापदण्डभन्दा खराब वातावरण छ, पोखराको। प्रदूषणमुक्त सहरका रूपमा विकसित गर्ने हाम्रो चुनौती हो।
पोखरा यसै पनि सुन्दर छ। तर, यही सुन्दरता अब पर्याप्त छैन। मान्छेलाई आकर्षण गर्ने वातावरण, संख्या बढाउने वातावरण र पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय सहरका रूपमा विकास गर्ने प्रणालीमा जाने हो भने, त्यो प्रगतिलाई हाम्रो भौतिक संरचनाको विकाससँग कसरी जोड्ने भन्ने कुरा अहम् सवाल हो, किनभने अन्तराष्ट्रिय सहरका आफ्नै ‘नम्स’हरू छन्।आफ्नै ‘रिक्वायरमेन्ट’हरू छन्। त्यो पूरा हुन सकेन भने हामी सहरका रूपमा स्थापित हुन सक्दैनौं। अब त हामी मेट्रोसिटीको परिकल्पना गरिरहेका छौं।
त्यसको न्यूनतम आधारभूत कुरालाई हाम्रो रणनीतिमा समावेश गर्नुपर्ने छ। चाहे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र हो, जहाँ अन्तर्राष्ट्रिय मान्छेहरू भेट्न आओस्, बिजनेस मिटिङ गर्न आओस्, ठुल्ठूला सभा र सम्मेलन गर्न आओस्। आफ्नो होलिडे मुडसँगै हनिमुन पिरियडसँगै सबै बिजनेसको कुरा गर्न सकियोस् भन्ने अभिप्राय अब जरुरी भइसक्यो।यदि काठमाडौंपछि नेपालको कुनै सहरको नाम आउँछ भने त्यो पोखरा नै हो। त्यसमा कुनै अपवाद नै छ। यसमा गर्व गर्ने हाम्रो पहिचानको एउटा रुप हो। भोलिको दिनसम्म कायम राख्न थुप्रै मेहनत गर्नुपर्ने जरुरी छ।
पोखराले प्रदेश सरकारलाई पनि दबाब दिनुपर्छ । पूर्व–पश्चिम राजमार्गको हाम्रो प्रदेश नवलपुर जोड्न सुरुङ मार्ग निर्माणमा दबाब दिनुपर्छ। नत्र हामी अपुरो हुन्छौं। कोरला र सुनौलीको सम्बन्धलाई इन्टर ट्रेडका रूपमा अन्तर्देशीय व्यापारका रूपमा विकसित गर्ने प्रमुख स्थानका रूपमा पोखरालाई कायम गर्नसक्ने अवस्थाको सिर्जना हुनसक्छ। विश्वभरमा अहिले इन्टर ट्रेड महत्वपूर्ण अवसरका रूपमा आएको छ।भोलिका दिनमा पोखराको जिडिपी कति छ भन्ने हिसाब गर्न सकेका छैनौं। पोखराले कतिलाई रोजगारी दिएको छ? कति कारोबार गर्छौं?
कति कर संकलन गर्न सक्छौं? बिजनेसको सम्भावनाको प्रोफाइल तयार गर्न सकेका छैनौं।भोलिको दिनमा जरुरी छ। आफ्नै जिडिपीको खाँचो, आफ्नै राजस्वका कुरा, सबैको हिसाबकिताब गर्नुपर्छ। महानगरको सुदूर भविष्यका लागि रणनीति बनाएर निर्देशित गर्नुपर्छ।हाम्रो विशेषता भनेको प्रकृति हो। वातावरणमैत्री कुरा पनि आएका छन्। पोखरामा यति धेरै नदीनाला छन्, जसलाई हामीले आँखा चिम्लिएका छौं। सेती नदीको रामघाटमा पुग्यौं भने हामीलाई खुसी लाग्दैन।