• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

नेपाल आइडलबाट बाहिरिएपछि रचनाले न्हु बज्राचार्यलाई किन यसो भनिन् ?


  •     / २०७६, १७ फाल्गुन शनिबार ०३:३२ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

     फागुन १७  – फ्रेन्चाइज सिङगिङ रियालिटी–सो नेपाल आइडल सिजन–३ मा यो साता रचना रिमाल बाहिरिएकी छिन् । तीन हप्तादेखि लगातार सबैभन्दा धेरै भोट पाउँदै आएकी रचनालाई यो हप्ता भने सबैभन्दा कम भोट आएपछि आइडलबाट बाहिरिएकी हुन् ।मौलिक स्वर भएकी प्रतिस्पर्धीको परिचय बनाएकी झापाकी रचनाका केही गीत पनि सार्वजनिक भइसकेका छन् ।

    हेर्नुस् रचना रिमालले लेखेको स्टाटस् : समपुर्णमा नमस्कार ! नेपाल आइडल सिजन थ्रीमा आज देखि मेरो यात्रा सकिएको छ । सर्वप्रथम त उत्कृष्ट ७ हुँदै अर्को चरणमा प्रबेश गर्नु हुने मलाई अत्यन्तै माया गर्नु हुने प्रतिभाशाली दाइ दिदीहरुलाई हार्दिक बधाई ।फरक ठाउ, फरक परिवेश अनि फरक कोखबाट जन्मिएका हामी अब एउटै परिवार भएका छौ । तपाईंहरुको माया, साथ, सहयोग र शिक्षालाई म कहिले भुल्न सक्ने छैन । यो यात्रामा हामिले बिताएका पल र यो समय जिवनभर मुटुमा साचेर राख्ने छु ।

    तिनै जना निर्णायक ज्यु प्रति म संग आभार प्रकट गर्ने शव्दनै छैन, नेपाली संगीतका धरोहर न्हु सरले मेरो घरमै आएर मलाई सुनी दिनु भएको दिन देखि आज सम्मको यात्रामा हजुरहरुले बढाउनु भएको हौशला, दिनु भएको ज्ञान र देखाउनु भएको बाटो मेरालागि मार्गदर्शक हुनेछ्न । मलाई प्रस्तुतिकालागि तयार पार्नु हुने मेन्टर, प्रस्तोता दाइ दिदी र आइडलका सम्पुर्ण सदस्य ज्यु हरु प्रती सदैब कृतज्ञ रहनेछु ।नेपाल आइडल र एपि वान टेलिभिजनलाई मुरि मुरि धन्यवाद छ, झापाको एउटा कुनामा गित संगीत सुन्न र गाउन मन पराउने एउटा अबोध फुच्चिलाई यति ठूलो प्ल्याटफर्ममा उभाई दिनु भयो । र विशेष रुपमा हजुरहरु सबैलाई विशेष धन्यवाद, विशेष माया र विशेष आभार ! मैले कहिले महसुस पनि गरेकि थिईन कि म यति धेरै भाग्यमानी रहेछु ।

    कार्यक्रमको सुरुवाती दिन देखि नै तपाईंहरु ले दिनु भएको माया, साथ र हौसलाको लागि म संग धन्यवाद भन्ने कुनै शव्दनै छैन । आफ्नो घर गाउबाट बिरलै बाहिर निस्केकी , डर र आत्मविश्वासको अभावमा कामी रहेकी एउटा फुच्चीलाई तपाईंहरुले जुन साथ, सहयोग र हौशला दिएर लगातार तीन पटक सर्बाधिक भोट दिएर मलाई आइडलमा जसरी बलियो बनाएर राख्नु भयो त्यसकोलागी मैले जति धन्यवाद भनेपनी कम नै हुन्छ । देश देखि बिदेशका विभिन्न ठाउँबाट जसरी हजुरहरुको सहयोग पाए त्यसको ऋणि म जीवन भर रहने छु ।

    मेरो गृह जिल्ला झापाबाट मलाई जुन किसिमको सहयोग भयो त्यसको लागि म आफ्नो जिल्ला र समपुर्ण झापालीहरु प्रती कृतज्ञ छु । मलाई यहाँ सम्म ल्याउन सहयोग गर्ने स्थानीय सम्पुर्ण गुरु, आफन्त, दाजु भाइ, दिदी बहिनी, साथीभाइ र संघ संस्थालाई एक मुस्ठ आभार व्यक्त गर्न चाहान्छु । हजुरहरु समपुर्ण प्रति माफी पनि माग्न चाहान्छु कि कार्यक्रममा मैले आफ्नो क्षमता अनुसारको प्रस्तुती दिन सकिन ।

    धेरै कुरा सिक्न पाएको छु, अझै सिक्न बाकी छ, आगामी दिनमा आत्मविश्वास उच्च राख्दै संगीत साधनामा अगाडी बढी राख्ने छु । हजुर हरुको मायाको बदला कुनै दिन हजुरहरुलाई गर्ब गर्ने मौका दिन सके भने आफुलाई सफल सम्झिने छु । हिजो सम्म मेरो परिवारको मात्र थिए, आजबाट तपाईंहरु सबैकि “रचना” भएकी छु, यो माया कहिले कम नहोस् ।
    धन्यवाद धेरै माया । ताजा खबरबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ
    प्रचण्डका राजनीतिक गुरु वामपन्थी नेता कुँवरको निधन
    टिपरले ठक्कर दिँदा दुईको मृत्यु
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ

    • ३. रुपन्देहिमा जिल्ला स्तरीय अन्तर मा.बि. टेबल टेनिस प्रतियोगिता हुने

    • ४. झिमरुकमा ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम मार्फत जेष्ठ नागरिकलाई कोसेली

    • ५. कालिका विकास केन्द्रको अध्यक्षमा श्रेष्ठ

    धेरै पढिएको
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.