• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

यस्तो गुफा जहाँ नपुगे तपाईको यात्रा अधुरो रहन्छ


  •     / २०७६, १७ फाल्गुन शनिबार प्रकाशीत

  • Advertisement

    फागुन १७  केदार मगर – परापूर्वकालमा गार्ईले पत्ता लगाएकोे भनेर चिनिने खोटाङको अर्खैलेस्थित गुप्तेश्वर महादेव गुफा आझेलमा परेको छ । दर्शन गर्न सुतेरै पस्न र निस्कनुपर्ने अनौठो किसिमको गुप्तेश्वर महादेव गुफा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित दुक्सिलीमा अवस्थित छ । विशाल चट्टानको फेदमा अवस्थित गुप्तेश्वर महादेव गुफाभित्र सात जना दर्शनार्थी मात्र अटाउन सकिन्छ । कालो चट्टानले बनेका गुफामा थुप्रै शिला देख्न सकिन्छ । ती सबैको धार्मिक मान्यताअनुसार नामकरण गरिएका छन् ।गुप्तेश्वर महादेवको विशाल गुफाभित्र महादेव, चन्द्रमा, गणेश, शिवजी, सप्तऋषि, महादेवको शिर र कछुवालगाइत थुप्रै आकृति देख्न सकिन्छ । त्यसमध्ये डेढ फिट उचाइको शिलालाई गुप्तेश्वर महादेव भन्ने गरिन्छ । गुफाभित्रको विशाल शिलाबाट चौबीसै घण्टा तपतप पानी चुहिरन्छ । गुफा पस्ने र निस्कने ठाउँमा गार्ई आकारको शिला टाढैबाट प्रस्ट देख्न सकिन्छ । गुप्तेश्वर महादेव विसं १७२६ सालमा पत्ता लागेको हो भन्ने विश्वास गरिइएको छ ।

    अर्खौलेका स्थानीय बुढापाकाका अनुसार सोही ठाउँका सुवोध राईको एउटा ब्याउन लागेको गार्ई उसबेला गोठबाटै हराएको थियो । गोठबाटै हराएको गार्ई खोज्दाखोज्दै महिनौँ बित्यो । अहिलेको गुप्तेश्वर महादेव गुफा पारिपट्टि थियो सुवोधको गार्ई गोठ । सुवोधले धेरै दिनपछि गार्ईको गोठनजिकैको खेतमा आफ्नो गार्ईले धान खाइरहेको सपना देखेका थिए । उज्यालो भएपछि सुवोध त्यहाँ पुग्दा गार्ईले धान खाइरहेको देख्दा तीनछक परेका थिए । सपनामा देखेको गार्ईले विपनामा धान खाइरहेको देख्दा अचम्म लाग्नु अस्वाभाविक भने होइन् ।

    सुवोध धान खाइरहेको गार्ईनजिक पुग्दा गार्ई हराउँथ्योे । गार्ईधनी दुई÷चार दिन त्यसरी धान खाइरहेको गार्ईको पछि लागेका थिए । गार्ईनजिक पुग्नेक्रममा हराएपछि सुवोधले कता–कता गार्ई कराएको आवाज सुनेका थिए । आवाज पहिल्याउँदै जाँदा धान खाइरहेको देखेको गार्ई गुफाभित्र देखिएको थियो । मानिस पस्न र निस्कन अप्ठ्यारो गुफाबाट गार्ई निकाल्न त्यति सजिलो थिएन । एक्लैले गार्ई निकाल्न नसक्ने भएपछि सुवोधले गाउँलेसँग हारगुहार मागे ।

    सहयोगी लिएर गएका सुवोधसँगै गुफा पुगेकामध्ये केहीभित्र पसे र केही बाहिरै बसे । भित्रकाले गार्ई धकले । बाहिरकाले दाम्लोको सहाराले ताने तर गार्ई निकाल्न सकिएन । गार्ई निकाल्न सहयोग गर्न पुग्नेले भने, “गार्ई निकाल्न सकिँदैन, माया मारौँ ।” त्यसो भन्दै सहयोगी घर फर्के । गार्ईधनी सुवोध त्यहीँ बसे । आफ्नो गार्ईको माया लाग्नु स्वाभाविकै थियो सुवोधलाई । सुवोधले मनमनै सोचे, “मलाई भगवान्ले छल त गरेन १” सुवोधले मनमनै आराधना गरे । पूजाआजामात्रै होइन, भाकलसमेत गर्न भ्याए । त्यत्ति गरेपछि गुफाबाट गार्ई सजिलै बाहिरियो । त्यत्रा सहयोगीसहित निकाल्ने प्रयास गर्दा निकाल्न नसकिएको गार्ई गार्ईधनी सुवोध एक्लैले निकाले । त्यसपछि गाउँभरि चर्चा–परिचर्चा भयो । त्यसपछि यस गुफालाई ‘गुप्तेश्वर महादेव गुफा’ भन्न थालिएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.