• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

यस्तो गुफा जहाँ नपुगे तपाईको यात्रा अधुरो रहन्छ


  •     / २०७६, १७ फाल्गुन शनिबार १७:२० प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    फागुन १७  केदार मगर – परापूर्वकालमा गार्ईले पत्ता लगाएकोे भनेर चिनिने खोटाङको अर्खैलेस्थित गुप्तेश्वर महादेव गुफा आझेलमा परेको छ । दर्शन गर्न सुतेरै पस्न र निस्कनुपर्ने अनौठो किसिमको गुप्तेश्वर महादेव गुफा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित दुक्सिलीमा अवस्थित छ । विशाल चट्टानको फेदमा अवस्थित गुप्तेश्वर महादेव गुफाभित्र सात जना दर्शनार्थी मात्र अटाउन सकिन्छ । कालो चट्टानले बनेका गुफामा थुप्रै शिला देख्न सकिन्छ । ती सबैको धार्मिक मान्यताअनुसार नामकरण गरिएका छन् ।गुप्तेश्वर महादेवको विशाल गुफाभित्र महादेव, चन्द्रमा, गणेश, शिवजी, सप्तऋषि, महादेवको शिर र कछुवालगाइत थुप्रै आकृति देख्न सकिन्छ । त्यसमध्ये डेढ फिट उचाइको शिलालाई गुप्तेश्वर महादेव भन्ने गरिन्छ । गुफाभित्रको विशाल शिलाबाट चौबीसै घण्टा तपतप पानी चुहिरन्छ । गुफा पस्ने र निस्कने ठाउँमा गार्ई आकारको शिला टाढैबाट प्रस्ट देख्न सकिन्छ । गुप्तेश्वर महादेव विसं १७२६ सालमा पत्ता लागेको हो भन्ने विश्वास गरिइएको छ ।

    अर्खौलेका स्थानीय बुढापाकाका अनुसार सोही ठाउँका सुवोध राईको एउटा ब्याउन लागेको गार्ई उसबेला गोठबाटै हराएको थियो । गोठबाटै हराएको गार्ई खोज्दाखोज्दै महिनौँ बित्यो । अहिलेको गुप्तेश्वर महादेव गुफा पारिपट्टि थियो सुवोधको गार्ई गोठ । सुवोधले धेरै दिनपछि गार्ईको गोठनजिकैको खेतमा आफ्नो गार्ईले धान खाइरहेको सपना देखेका थिए । उज्यालो भएपछि सुवोध त्यहाँ पुग्दा गार्ईले धान खाइरहेको देख्दा तीनछक परेका थिए । सपनामा देखेको गार्ईले विपनामा धान खाइरहेको देख्दा अचम्म लाग्नु अस्वाभाविक भने होइन् ।

    सुवोध धान खाइरहेको गार्ईनजिक पुग्दा गार्ई हराउँथ्योे । गार्ईधनी दुई÷चार दिन त्यसरी धान खाइरहेको गार्ईको पछि लागेका थिए । गार्ईनजिक पुग्नेक्रममा हराएपछि सुवोधले कता–कता गार्ई कराएको आवाज सुनेका थिए । आवाज पहिल्याउँदै जाँदा धान खाइरहेको देखेको गार्ई गुफाभित्र देखिएको थियो । मानिस पस्न र निस्कन अप्ठ्यारो गुफाबाट गार्ई निकाल्न त्यति सजिलो थिएन । एक्लैले गार्ई निकाल्न नसक्ने भएपछि सुवोधले गाउँलेसँग हारगुहार मागे ।

    सहयोगी लिएर गएका सुवोधसँगै गुफा पुगेकामध्ये केहीभित्र पसे र केही बाहिरै बसे । भित्रकाले गार्ई धकले । बाहिरकाले दाम्लोको सहाराले ताने तर गार्ई निकाल्न सकिएन । गार्ई निकाल्न सहयोग गर्न पुग्नेले भने, “गार्ई निकाल्न सकिँदैन, माया मारौँ ।” त्यसो भन्दै सहयोगी घर फर्के । गार्ईधनी सुवोध त्यहीँ बसे । आफ्नो गार्ईको माया लाग्नु स्वाभाविकै थियो सुवोधलाई । सुवोधले मनमनै सोचे, “मलाई भगवान्ले छल त गरेन १” सुवोधले मनमनै आराधना गरे । पूजाआजामात्रै होइन, भाकलसमेत गर्न भ्याए । त्यत्ति गरेपछि गुफाबाट गार्ई सजिलै बाहिरियो । त्यत्रा सहयोगीसहित निकाल्ने प्रयास गर्दा निकाल्न नसकिएको गार्ई गार्ईधनी सुवोध एक्लैले निकाले । त्यसपछि गाउँभरि चर्चा–परिचर्चा भयो । त्यसपछि यस गुफालाई ‘गुप्तेश्वर महादेव गुफा’ भन्न थालिएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी
    मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा झर्दै
    ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अनलाइन निवन्ध लेखन प्रतियोगिता सम्पन्न

    • २. अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न

    • ३. स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

    • ४. स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    • ५. एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

    धेरै पढिएको
    • १. अनलाइन निवन्ध लेखन प्रतियोगिता सम्पन्न

    • २. स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    • ३. अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न

    • ४. स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.