• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

४८ अर्ब खर्चेर भारतले बनायो संस‌ारकै अग्लो मूर्ति


  •     / २०७५, १५ कार्तिक बिहीबार प्रकाशीत

  • Advertisement

    भारतको गुजरातमा संसारकै अग्लो मूर्ति अनावरण भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेश गुजरातमा सरदार वल्लभ भाइ पटेलको १८२ मिटर अग्लो मूर्ति बनाइएको हो।

    यो मूर्तिलाई ‘स्ट्याचु अफ युनिटी’ नाम दिइएको छ। यसको निर्माणमा भारत सरकाले झन्डै ४८ अर्ब नेपाली रुपैयाँ (करिब ३० अर्ब भारु) खर्च गरेको छ। यो मूर्तिको पूरा तौल १७०० टन छ।

    पटेलको १४३ औं जन्म जयन्ती अवसरमा बुधबार प्रधानमन्त्री मोदीले मूर्ति अनावरण गरेका हुन्। कार्यक्रममा मोदीले कौटिल्यको कुटनीति र शिवाजीको शौर्यको मिलनका रुपमा सरदार पटेललाई व्याख्या गरेका छन्।

    यो मूर्ति गुजरातको नर्मदा जिल्लामा पर्ने सरदार सरोवरधाम बाँधबाट साढे तीन किलोमिटर टाढा छ। अमेरिकाको न्युयोर्कस्थित ‘स्ट्याचु अफ लिबर्टी’ भन्दा दुई गुणा अग्लो छ। यसअघि चीनस्थित स्प्रिङ टेम्पलको बुद्ध मूर्ति विश्वकै अग्लो थियो। १५३ मिटर अग्लो यो मूर्ति अब दोस्रो भएको छ।

    मूर्तिका प्रमुख शिल्पकार २०१६ मा पद्म भूषणबाट सम्मानित ९२ वर्षीय राम वी सुतार हुन्।

    पटेलको मूर्ति बनाउने योजना प्रधानमन्त्री मोदी गुजरातको मुख्यमन्त्री हुँदाखेरिकै हो। सन् २०१३ मै उनले मूर्तिको शिलन्यास गरेका थिए। यो मूर्ति हेर्न अब टिकट व्यवस्था पनि गरिने भएको छ। यसका लागि ३०५ भारु टिकट दर तोकिएको छ। दैनिक १५ हजार पर्यटक ओहोदोहोर गराउने लिफ्टको व्यवस्था पनि छ।

    सरदार पटेल स्वतन्त्र भारतका प्रथम गृहमन्त्री हुन्। उनी भारतका पहिलो उपप्रधानमन्त्री पनि हुन्। उनलाई भारतमा ‘लौह पुरुष’ को संज्ञा दिइएको छ। उनलाई तत्कालीन ५५० भन्दा बढी साना राज्यहरूलाई संघीय भारतमा गाभेको श्रेय जान्छ।

    ‘यो मूर्तिले देशका लागि हाम्रा पूर्खाले गरेको आँट, साहस र क्षमताका बारेमा व्याख्या गर्नेछ,’ प्रधानमन्त्री मोदीले मूर्ति अनावरण क्रममा भनेका छन्। त्यस्तै भारतको अस्तित्वबारे प्रश्न गर्ने विश्वलाई नै यो मूर्ति गहकिलो जवाफ हुने पनि उनले बताएका छन्।

    ‘यो मूर्ति एकताको स्रोत हो। यही भावनाका साथ हामी अघि बढौं। एक भारत, श्रेष्ठ भारत बनाउने सपना बोकेर अघि बढौं,’ उनले थपे।

    प्रधानमन्त्रीले देशलाई विश्वमा सधैं चिनाउने गरिमामय मूर्ति बनाएको गर्व गरे पनि धेरैले यसको विरोध गरेका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आबेको हत्यापछि शोकमा डुब्यो जापान
    फिलिपिन्सका राष्ट्रपतिको सपथग्रहणमा विनोद चौधरी सहभागी
    बाढीमा परी बङ्गलादेशमा २५ जनाको मृत्यु
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.