फागुन १८ चितवन। जिवनको अन्तिम अवस्थामा पनि आमाबुवाले आफ्नो छोराछोरीको खुसी देख्न चाहन्छन् । जिवनसंग संघर्ष गरिरहेका बुवाआमा पनि छोराछोरीको खुसीमा मुस्कुराउन सक्छन् । फगुन ११ गते भरतपुरस्थित सेन्ट्रल अस्पतालको सघन उपचार कक्ष (आईसीयूमा) मा देखिएको कारुणीक दृष्यले पनि त्यस्तै प्रमाणीत गरेको थियो । क्यान्सर लागेर जीवनका लागि संघर्ष गरिरहेका एक बुवाले छोरी ज्वाईलाई अस्पतालको आइसियु कक्षवाटै आगामी जिवनको सफलताको शुभकामना सहित टिका लगाइदिए ।
नवलपरासीको सरावल गाउँपालिका वडा नं। १ का क्यान्सरपीडित परशुराम भट्टराईले आफ्नी कान्छी छोरी शान्ता भट्टराईलाई आईसीयूबाटै विवाहको टीका लगाइदिएका हुन् । उनी आफु जीवनसंग संघर्ष गरिरहेपनि छोरीको ओठमा मुस्कान देखेर आफ्नो पीडा केही क्षणको लागि भुले । छोरी शान्ता र ज्वाइँ सुवास न्यौपानेलाई उनले आईसीयूबाटै टिका लगाइदिए र आर्शिवाद दिए ।
उनीहरुले स्थानिय मन्दिरमा विवाह गरेर बुवाको आशिर्वाद लिन अस्पताल पुगेका थिए । आफु अब अन्तिम अवस्थामा छु भन्ने थाहा पाएका उनी छोरीलाई बेहुलीको भेषमा ज्वाईसंग देखेपछि मुसुक्क मुस्कुराए । जिब्रोमा क्यान्सर भएकाले उनी बोल्न सक्ने अवस्थामा थिएनन्, मनमनै आशिर्वाद दिए अनि छोरी ज्वाईलाई टिका लगाइदिए । छोरी ज्वाईलाई यसरी टिका लगाएर विदा गरेको केही घण्टा पछि उनले यो संसारवाट विदा लिए । taja khabar