• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

आइसीयुवाटै छोरी ज्वाईलाई मुसुक्क हाँसेर विवाहको टिका लगाएपछि


  •     / २०७६, १८ फाल्गुन आईतवार प्रकाशीत

  • Advertisement

    फागुन १८ चितवन। जिवनको अन्तिम अवस्थामा पनि आमाबुवाले आफ्नो छोराछोरीको खुसी देख्न चाहन्छन् । जिवनसंग संघर्ष गरिरहेका बुवाआमा पनि छोराछोरीको खुसीमा मुस्कुराउन सक्छन् । फगुन ११ गते भरतपुरस्थित सेन्ट्रल अस्पतालको सघन उपचार कक्ष (आईसीयूमा) मा देखिएको कारुणीक दृष्यले पनि त्यस्तै प्रमाणीत गरेको थियो । क्यान्सर लागेर जीवनका लागि संघर्ष गरिरहेका एक बुवाले छोरी ज्वाईलाई अस्पतालको आइसियु कक्षवाटै आगामी जिवनको सफलताको शुभकामना सहित टिका लगाइदिए ।

    नवलपरासीको सरावल गाउँपालिका वडा नं। १ का क्यान्सरपीडित परशुराम भट्टराईले आफ्नी कान्छी छोरी शान्ता भट्टराईलाई आईसीयूबाटै विवाहको टीका लगाइदिएका हुन् । उनी आफु जीवनसंग संघर्ष गरिरहेपनि छोरीको ओठमा मुस्कान देखेर आफ्नो पीडा केही क्षणको लागि भुले । छोरी शान्ता र ज्वाइँ सुवास न्यौपानेलाई उनले आईसीयूबाटै टिका लगाइदिए र आर्शिवाद दिए ।

    उनीहरुले स्थानिय मन्दिरमा विवाह गरेर बुवाको आशिर्वाद लिन अस्पताल पुगेका थिए । आफु अब अन्तिम अवस्थामा छु भन्ने थाहा पाएका उनी छोरीलाई बेहुलीको भेषमा ज्वाईसंग देखेपछि मुसुक्क मुस्कुराए । जिब्रोमा क्यान्सर भएकाले उनी बोल्न सक्ने अवस्थामा थिएनन्, मनमनै आशिर्वाद दिए अनि छोरी ज्वाईलाई टिका लगाइदिए । छोरी ज्वाईलाई यसरी टिका लगाएर विदा गरेको केही घण्टा पछि उनले यो संसारवाट विदा लिए । taja khabar

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.