फागुन १९ २०७६ नेपालमा पहिलो पटक सुरु भएको कमेडी च्याम्पिएनमा रोल्पाका खड्ग बहादुर पुन (खबपु) मगरले सबैको मन जित्न सफल भएका छन् । वाइल्ड कार्डमार्फत आएका उनले मध्यम वर्गका जनताका आम कुराहरुलाई लिएर कमेडी गर्ने गरेका छन् । लामो समय देखि यस क्षेत्रमा लागेका उनले विगतमा भएको जनयुद्धको स्वाद पनि चाखेका छन् ।राजनीतिक, सामाजिक हरेक खालको विषय वस्तुमा कमेडी गर्न सक्ने पुनलाई जनताको राम्रो साथ मिलेको छ ।
उनी अहिले हिमेश पन्त र सुमन कोइरालासँग प्रतिस्पर्धा गरिरहेका छन् । नाच्ने कलामा पनि उस्तै पोख्त पुनको हालै एक भिडियो पनि आएको छ ।सञ्चारमाध्यमहरुमा धेरै नआएका उनी प्रत्यक्ष जनतासँग गएर भोट माग्दै आइरहेका छन् । अहिले तीनै प्रतिस्पर्धीहरु भोट अपिल गर्दै हिडेका छन् । पुनलाई जिताउनका लागि नेपाल भित्रबाट ई–सेवामार्फत र विदेशमा कमेडी च्याम्पिएनको एपमार्फत भोट गर्ने क्रम जारी रहेको छ ।