फाल्गुण १९, २०७६ नायिका श्वेता खड्काले क्यान्सर हस्पिटल बनाउने भएकी छन् । सिन्धुपाल्चोकमा माझी बस्ती बनाइरहेकी नायिका श्वेताले ललितपुरको गोदावरीमा क्यान्सर हस्पिटल बनाउने भएकी हुन् । पति श्रीकृष्ण श्रेष्ठको क्यान्सरका कारण मृत्यु भएपछि श्वेताले नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर भवनको सोमबार गोदावरी–९ छम्पीमा शिलान्यास गरेकी छन् ।
पति श्रीकृष्णसहित पारिवारिक केही सदस्यको पनि क्यान्सरकै कारण मृत्यु भएपछि क्यान्सर अस्पताल खोल्ने निधोमा पुगेपछि नायिका श्वेताको आफ्नो नेतृत्वमा हस्पिटल निर्माणमा लागेकी हुन् ।गोदावरी नगरपालिका र नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरबीचको सहमतिअनुसार २९ रोपनी जग्गा ४० वर्षका लागि भाडामा लिएर भवन निर्माण गर्न थालिएको हो । canadanepal को सहयोगमा