
फागुन १९, काठमाडौं । मौसम परिवर्तनसँगै छालामा विभिन्न समस्याहरु देखा पर्न थाल्छ । जाडो मौसममा छाला फ्रुस्रो हुने, चमक नहुने, पत्रपत्र निस्कने, चायाँपोतो लगायतका समस्या देखिन्छन् । गर्मी मौसममा त घामदेखि परै बस्न रुचाउँछन् प्राय मानिसहरु । विशेषगरी टिनएजरहरु । आफ्नो सौन्दर्य मेन्टेन गर्न खोज्ने महिलाहरुलाई सकेसम्म घाममा निस्कनै नपरे हुन्थ्यो भन्ने लाग्छ । किनकी गर्मी महिनामा तापक्रम बढी हुन्छ । घामले छालाको रुपरंङ्ग, निखार खोस्छ र यसलाई कालो, रुखो बनाइदिन्छ । चाउरीपना देखा पर्न थाल्छन् । एलर्जी हुने । घमौरा र डण्डीफोरले मुहार कुरुप बनाइदिन्छ ।
गर्मी मौसममा छालामा देखा पर्न सक्छन् यस्ता समस्या
छाला धेरै चिल्लो हुँदा डण्डीफोर आउने समस्या छाला तथा सौन्दर्य विशेषज्ञ डा. उमा बताउँछिन् । उनका अनुसार पसिना र चिल्लो छालामा धुलोधुँवा टासिएर डण्डीफोर आउने सम्भावना धेरै हुन्छ ।गर्मी मौसममा छालाको प्रकार अनुसार घमौरा, चाउरीपना, एलर्जीको समस्या पनि देखिन सक्छ ।
कसरी गर्ने छालाको स्याहार ? स्वस्थ कसरी राख्ने ?
– प्रशस्त मात्रामा पानी पिउने ।
– छालालाई सफा राख्ने । पसीना धेरै आउने भाग धनुे, पुस्ने ।
–हावा छिर्ने खालका कपडा प्रयोग गर्ने । यसले पसिना धेरै आउने समस्या कम गर्छ । –घाममा निस्कदा शरीरका खुल्ला भागमा छालाको प्रकृति तथा चिकित्सकको सल्लाह अनुसार सन्सक्रिम प्रयोग गर्ने । छाता ओढ्ने ।
– चिल्लो पिरो, मसलेदार खाना कम खाने । सन्तुलित भोजन गर्ने ।
– हरियो सागपात, फलफुल बढी खाने ।
– शरीरको सरसफाईमा विशेष ध्यान दिने । क्लिन्जीङ गर्ने ।
सावधानी ! शरीरमा असामान्य रुपमा रातो डाबर आएमा, एलर्जी वा फंगल इनफेक्सन भएमा तत्काल छाला रोग विशेषज्ञलाई देखाउनु पर्छ