काठमाडौँ, १९ फागुन / नेपाल नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन विमानस्थलमा आफन्तको स्वागत र विदाईको लागि उपस्थित नहुन अपिल गरेको छ । विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै प्राधिकरणले विमानस्थलमा नआउन अनुरोध गरेको हो । प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै सर्वसाधारणलाई सो अपिल गरेको हो ।
चीनको वुहान राज्यबाट फैलिएको कोरोना भाइरसले महामारीको रूप लिँदै विश्वका ६५ देशमा पुगेपछि प्राधिकरणले नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सजगता अपनाउँदै सो अपिल गरेको हो ।साथै प्राधिकरणले अत्यावश्यक काममा विमानस्थल पस्नुपरेमा अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरेको छ । यसअघि विमानस्थल कार्यालयले यात्रुको सुविधाका लागि प्रदान गर्दै आएको भिजिटर पासलाई बन्द समेत बन्द गरेको छ ।