• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

क्वारेन्टाइनबाट घर फर्केका नेपाली भन्छन् – ‘खेल्दै, नाँच्दै बित्यो १६ दिनको बसाइँ’


  •     / २०७६, १९ फाल्गुन सोमबार प्रकाशीत

  • Advertisement

    फागुन १९,२०७६ भक्तपुर – चीनको वुहानबाट सरकारले उद्धार गरेर ल्याएका १७५ नेपालीको स्वास्थ्यमा राम्रो रहेको रिपोर्ट आएपछि आज सबै क्वारेन्टाइनबाट आफ्नो घर फर्केका छन् । क्वारेन्टाइन बसाइँको १४औँ दिनमा गरेको नाक र घाँटीको स्वाबको परीक्षणमा कसैमा पनि कोरोनाको सङ्क्रमण भएको नपाइएपछि आज सबैलाई घर फर्काइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
    स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतसहितको सरकारी टोली क्वारेन्टाइन पुगेर उहाँहरुको बिदाइ गरेको छ । चीनको त्रास छिचोलेर सरकारले उद्धार गरी खरिपाटीस्थित क्वारेन्टाइनमा राखेका १७५ नेपालीको १६ दिनको क्वारेन्टाइन बसाइँ भने खेल्दै, नाच्दै, गाउँदै रमाईलोसँग बितेको छ ।

    शुरुमा अब के होला भन्ने त्रास रहे पनि यही फागुन ४ गते क्वारेन्टाइन छिरेपछि सरकारले गरेको व्यवस्था देख्दा निकै खुशी लागेको उल्लेख गर्दै क्वारेन्टाइनका एक विद्यार्थीले यहाँ आएपछि अब दोस्रो जुनी पाएको अनुभव भएको बताउनुभयो ।
    क्वारेन्टाइनमा टेलिफोनमा कुराकानी गर्दै उहाँले कतै यहाँ पनि चीनमा जस्तै कोठाभित्र कोचिएर बस्नुपर्ने हो कि, क्वारेन्टाइनका दुई हप्ताको बसाइँ कति कठिन होला, परिवारसँग कहिले भेट्न पाइएला भन्ने मनमा लाग्ने गरेको चिन्ता सरकारले यहाँ गरेको व्यवस्थाले सबै दुःख र त्रास बिर्साएको जानकारी दिनुभयो । यहाँ आएपछि खाने, बस्ने राम्रो व्यवस्था गरेको, आवश्यक सबै सामान भन्नेबित्तिकै ल्याइदिने गरेको, स्वास्थ्य जाँचको राम्रो व्यवस्था गरेको, परिवारसँग फोनमै कुराकानी गर्न पाएपछि क्वारेन्टाइनमा चिन्तामुक्त भएर बस्न पाएको उहाँले बताउनुभयो ।

    क्वारेन्टाइनमै रहेका अर्का एक व्यक्तिले यहाँ आएपछि आफ्नै देशको माया लागेर आएको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ आएपछि दोस्रो जुनी पाएको अनुभूति गरियो, त्यसपछि हरेक दिन हामी खेल्ने, नाच गान गर्ने, रमाउने गर्दै सबै पारिवारिक वातावरणमै रहेको अनुभूति भयो, क्वारेन्टाइनमा भन्दा पनि सुविधा सम्पन्न होटलमै बसेजस्तो भयो ।” यो १६ दिनको बसाइँमा बिहान बाहिर निस्किएर शारीरिक व्यायाम गर्ने, भलिबल खेल्ने, व्याडमिन्टन खेल्ने, खाना खाएपछि पनि क्यारेमबोर्ड, लुडो खेल्ने, साथीसँग गफ गर्ने साँझ नाचगान गर्ने गर्दैमा बितेको उहाँहरु बताउनुहुन्छ ।

    क्वारेन्टाइन बसाइँमा घरका मानिससँग प्रत्यक्ष भेट गर्न नपाए पनि नजिकै भएको महसुस गर्न पाइएको बताउँदै चीनको वुहानका विभिन्न ठाउँबाट आएकासँग क्वारेन्टाइनमा चिनजान गरी सम्बन्ध विस्तार गर्न पाएकामा उहाँहरु खुशी हुनुहुन्छ । आफूहरु यहाँ आएपछि सबैका परिवारमा खुशी आएको उल्लेख गर्दै यहाँका बासिन्दामा त्रास फैलिएको र घर गाउँ नै छाडेर गएको भन्ने सुन्दा निकै दुःख लागेको उहाँहरुले बताउनुभयो ।

    सम्बन्धित निकायले बेलैमा स्थानीय बासिन्दामा जनचेतना फैलाएको भए यहाँका बासिन्दामा त्रास फैलिदैनथ्यो होला भन्ने लागेको उल्लेख गर्दै अहिले स्थानीय पनि त्रास हटाएर घर फर्किएको सुन्दा भने खुशी लागेको क्वारेन्टाइनमा रहेका एक विद्यार्थीले बताउनुभयो । क्वारेन्टाइनमा रहेका डाक्टर पढ्न चीन गएका एक विद्यार्थीले भन्नुभयो, “म डाक्टर पढ्न चीन गएको हुँ, वुहान कोरोनाको मुहान हो, कोरोना नियन्त्रण गर्न चीनलाई मुश्किल परेको छ, त्यसैले हाम्रो सरकारले कोरोनालाई नर्मल लिनुहुँदैन, बेलैमा सबै प्रकारको सावधानी अपनाउनु आवश्यक छ ।”
      रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.