२०फाल्गुन २०७६,काठमाडौं- सदाबहार नायिका करिश्मा मानन्धरले यस वर्षको फागू पूर्णिमा अर्थात होली नमनाउने भएकी छिन् ।हरेक वर्ष होलीमा घरमा विशेष कार्यक्रम गर्दै आएकी करिश्माले यस वर्ष कोरोनाका कारण होलीको कार्यक्रम स्थगित गर्नुपरेको जनाएकी छिन् ।
गत वर्ष एइईका कारण होलीको कार्यक्रम स्थगित गरेको उनले यो वर्ष कोरोना भाइरसका कारण रोक्नु पर्दा दुखी भहेको बताइन् ।उनले होलीका लागि छुट्याएको रकम वरिष्ठ कलाकार तथा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष स्व.केशव भट्टराईको परिवारलाई सहयोग समेत बताएकी छिन् ।