फागुन २० बलात्कारका आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका छन् ।गिरीले जिल्ला अदालत सुनसरीमा पुगेर मंगलवार आत्मसमर्पण गरेका हुन् ।जिल्ला अदालत सुनसरीबाट धरौटीमा छुटेपनि उच्च अदालत विराटनगरले उनलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो ।अदालतमा आत्मसमर्पणपछि उनलाई झुम्का कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) विनोद शर्माले लोकान्तरलाई जानकारी दिए ।