२० फागुन रोमन क्याथोलिक धर्म गुरु पोप फ्रयान्सिसमा कोरोना भाइरस नदेखिएको पुष्टि भएको छ।इटालियन मिडियाका अनुसार ८३ वर्षीय पोपको रिपोर्ट नेगेटिभ आएको हो।चिसोको कारण अस्वस्थ भएपछि उनमा कोरोना संक्रमण भए नभएको बारेमा परीक्षण गरिएको छ। त्यसैकारणले पोपले गत हप्तादेखि आफ्ना सार्वजनिक कार्यक्रमहरु रद्द गरेका थिए।