एजेन्सी, २0 फागुन । ‘शुभ मंगल ज्यादा सावधान’मा आयुष्मान खुराना र जितेन्द्र कुमार मुख्य भूमिकामा छन् । यो फिल्म हितेश केवल्याको निर्देशनमा बनाइएको हो ।आयुष्मान खुराना र जितेन्द्र कुमारले शुभ मंगल ज्यादा सावधानमा समलिङ्गी जोडीको जीवन कथालाई जिवन्त रुपमा पर्दामा उतारेका छन् । फेब्रुअरी २१ मा रिलिज भएको फिल्मले बक्स अफिसमा राम्रै कमाइ गरेको छ ।
फिल्मले पहिलो दिनमा नै ९.५५ करोड कमाएको थियो । सकारात्मक समीक्षा र मौखिक प्रचारका कारण फिल्मले त्यसपछि पनि राम्रै कमाइर गरिरहेको छ ।‘शुभ मंगल ज्यादा सावधान’ले रिलिज भएको १० दिनसम्ममा ५०.१७ करोड संकलन गरिसकेको छ ।