फाल्गुन २०, २०७६; परम्परागत रुपमा चल्दै आएको मौलिक बाजाको रुपमा रहेको पञ्चेबाजा लोप हुने अवस्थामा पुगेपछि संरक्षणमा सिन्धुलीका युवाले अभियान थालेका छन् । मौलिक संस्कृतिसँग जोडिएको नौमती र पञ्चेबाजा लोभ हुँदै गइरहेको बेला यसको प्रर्बधन र संरक्षणमा सिन्धुलीको ‘कला घर सिन्धुली’ले विशेष अभियान चलाउँदै आएको छ ।
२०७६ मा “र्याप्टिङ र प्याराग्लाडिङ ’ मा पञ्जे बाजा बजाएकोे भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।एक साहसिक र खतरा खेल प्याराग्लाडिङमा “बाजा सुन्दरीहरू” रिता थिङ – ट्याम्को, सञ्चिता थापा मगर – सहनाई, पवित्रा रम्जेल – सहनाई, निरुता लामा – बाजा, पूजा गौतम – झ्याली बजाएर इतिहास रच्नु भएको छ ।