फागुन २०; ओखलढुंगाको एक सामुदायिक विद्यालयले पहिचान संरक्षणका लागि विद्यालय स्तरमा जातीय पोशाकलाई अनिवार्य गरेको छ । जिल्लाको खजीदेम्बा गाउँपालिका ९ पात्ले स्थित जनता आधारभूत बिद्यालयले जातीय पहिचान संरक्षणका लागि शेर्पा जातिको पोशाकलाई अनिवार्य गरेको हो ।
विद्यालयका विद्यार्थीहरुलाई जातीय पोशाक अनिवार्य गराउनका लागि शिक्षकले समेत अनिवार्य रुपमा पोशाक लगाउनुपर्नेछ । विद्यालयले यी बाहेकका अन्य दिनहरुमा आइतबार र सोमबार नेपाल सरकारले तोकेको पोशाक, र बिहीबार र शुक्रबार खेलकुद पोसाक अनिवार्य गरेको छ। यसरी जातीय पोशाकलाई विद्यालय स्तरमा प्रयोगमा ल्याउने जनता आधारभूत बिद्यालय जिल्लाकै पहिलो बिद्यालय हो ।