• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

ढुंगामा प्राण भर्दै देशका मूर्तिकार


  •     / २०७६, २० फाल्गुन मंगलवार प्रकाशीत

  • Advertisement

    २० फागुन – दुर्गम गाउँको खहरे खोलामा रहेका छरपष्ट ठूला ढुंगा।भाग्यवस सयौं ढुंगामध्ये दुई टन बढीका ३० वटा ढुंगा अन्र्तराष्ट्रिय मूर्तिकला कार्यशालाका लागि छानिए । क्रेनको सहयोगमा ती ठूला ढुंगालाई गाडीमा चढाएर गाउँ माथिको घुम्टे पहाडको काखमा लगियो ।जिल्लाको गलकोट नगरपालिका ५ हरिचौर टेउवामा गत फागुन ५ देखि जारी कार्यशालामा तीनै ढुंगालाई ११ देशका १५ मूर्तिकारले प्राण भर्ने काम गरिरहेका छन् । १३ दिनअघि देखिएको निर्जिव ढुगां अहिले कलाले भरिएर सुन्दर मूर्ति बन्ने क्रममा रहेको आयोजक गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताए।आँखै अघि देखिने सुन्दर घुम्टे लेक र तलतिर ग्रामीण बस्ती हेर्दै पहाड, जल, जंगल, गाउँ समाजको अनेक परिवेशलाई समेटेर दुर्गम गाउँमा मूर्ति कुँदिरहेका मूर्तिकार त्यहाँका वातावरणले उत्साहित देखिन्छन् ।

    अहिले अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला भइरहेको गलकोट नगरपालिकाका अधिकांश घरका बासिन्दाको जापान गन्तव्य बनेको छ । जापानबाट आएका मूर्तिकार जुनीचिरो सुगीमोताले नेपाल जापानको द्धैत्य सम्बन्ध र रेमिट्यान्सले पारिरहेको असरको प्रतिकात्मक मूर्ति तयार गरेका छन् ।’म जापानका अधिकांश रेष्टुरेन्टमा पुग्दा त्यहाँ नेपाल र त्यसमा पनि गलकोटका धेरै युवायुवतीलाई भेट्ने गरेको छु, ‘जुनीचिरोले भने, ‘अहिले गलकोट र घुम्टको काखमा आएर मूर्ति बनाउँदा यो गाउँ, यो ठाउँ र ती नेपालीहरुलाई सम्झिएर मूर्ति बनाउने प्रयास गरिरहेको छु ।’

    जुनिचिरो विश्वमै चर्चित मूर्तिकार हुन् । उनको सम्मानमा जापानको एउटा शहरको नाम जुनिचिरोको नामबाटै राखिएको छ । भारतका प्रसिद्ध मूर्तिाकार टुटु पटानायक पनि सुन्दर घुम्टेको आँगनमा उभिए पछि फिदा बने । उनले घुम्टे पहाड हेर्दै हनुमानले पहाड बोकेर हिँडेको मूर्तिकलामा उतारिरहेका छन् । हिमालयको देशमा सञ्जिवनीको आशामा पहाड नै बोकेर हिँडेको किम्बदन्तीमा आधारित मूर्ति बनाउँदा पटानायकले घुम्टे हेर्दै मूर्ति बनाएको बताउँछन् ।नेपालका कलाकार राजन काफ्ले पनि प्रकृतिले निकै लोभ्याएको उल्लेख गर्छन् । मानिसलाई कहिल्यै पनि प्रकृति र प्रविधिबाट अलग राख्न नसकिने भावको मूर्ति बनाइरहेको उनी बताउँछन् ।

    जिल्ला सदरमुकामबाट चार घण्टाको सवारी साधनको यात्रामा पुगिने गलकोटको हरिचौर टेउवामा ११ देशका १५ मूर्तिकारले बिभिन्न भाव र सन्देश बोकेका १७ मूर्ति बनाइरहेका छन् । पर्यटकीय सहर पोखरा र नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटन पुग्ने पर्यटकलाई जोड्ने बीचको सेतुको रुपमा मूर्तिकला राखेर अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने उद्वेश्य राखिएको छ । ऐतिहासिक महत्व बोकेको गलकोट क्षेत्रलाई कलाको अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने र पर्यटक तथा कला पारखी र विद्यार्थीका लागि अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने लक्ष्य छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.