• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

कपिलवस्तु नगरपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


  •     / २०७६, २० फाल्गुन मंगलवार १६:५५ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    धीरज काेरी कपिलवस्तु । २० फागुन कपिलवस्तु नगरपालिका स्तारिय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ सुरु भएको छ । कपिलवस्तु नगरपालिकाको आयोजनामा बुद्ध पद्य स्कुलको फिल्डमा रनिङ शिल्ड सुरु भएको हो । कपिलवस्तु नगरपालिकामा मंगलवार बाट सुरु भएको प्रतियोगितामा नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरी २० विद्यालयहरुले प्रतिस्पर्धा गर्नेछन् । विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लामा सहभागी गराउने गरी प्रतियोगिता आयोजना गरिएको कपिलवस्तु नगरपालिकाका समाजिक विकास अधिकृत पदमराज श्रेष्ठले जानकारी दिएका छन ।

    एक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गर्दै पुर्व राजदुत दिपकुमार उपाध्ययले खेलकुद स्वास्थ्यसँग पनि जोडिएकाले नगरपालिकाले खेलकुदलाई विशेष महत्व दिएको उल्लेख गरे । खेलाडीलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले नगरपालिकाले युवाहरुलाई कुलत बटा बचाउन यस्ले महात्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्दै शिक्षा, स्वास्थ्य र खेलकुदलाई पनि महात्वपुर्ण स्थान दिन नगरपालिका संग अनुरोध गरेका थिए । खेलकुदले अनुशासनको विकास गराउने भएकाले यसलाई पढाइसँगसँगै अघि बढाइनुपर्नेमा नगरपालिका प्रमुख किरण सिंहले जोड दिएका छन । प्रतियोगितामा एल्लेटिक्सतर्फ १३ इभेन्टहरु हुनेगरी तालिका बनाइएको आयोजकले जनाएका छन् । जसमा एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय र तीन हजार मिटरका दौड प्रतियोगिताहरु समावेश गरिएको अयोजकले जनाएको छ । यस्तै ४ बाई १ सय रिले दौड, ४ बाई ४ सय रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, शटफुटलगायतका प्रतियोगिताहरु हुने छ् । यसैगरी भलिबल, कबड्डीलगायतका अन्य प्रतियोगिताहरु पनि सञ्चालन हुनेछन् । उद्घाटनको अवसरमा विद्यार्थीहरुले खेलकुद विभिन्न प्रस्तुतिहरु प्रदर्शन गरेका थिए । प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रुपन्देहिमा जिल्ला स्तरीय अन्तर मा.बि. टेबल टेनिस प्रतियोगिता हुने
    प्यूठानमा अटो दुर्घटना हुदा एक जनाको मृत्यु
    प्यूठानमा पहिलो दिन ३० जनाले लगाए कोरोना बिरुद्वको खोप
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ

    • ३. रुपन्देहिमा जिल्ला स्तरीय अन्तर मा.बि. टेबल टेनिस प्रतियोगिता हुने

    • ४. झिमरुकमा ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम मार्फत जेष्ठ नागरिकलाई कोसेली

    • ५. कालिका विकास केन्द्रको अध्यक्षमा श्रेष्ठ

    धेरै पढिएको
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.