• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

कोरोना नियन्त्रणको लागि राहत ल्याउन व्यवसायीको माग


  •     / २०७६, २१ फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement

    २१ फागुन   मुलुकको कुल ग्राहस्थ उत्पादनको करिब ३ प्रतिशत योगदान दिने पर्यटन क्षेत्र कोरोनाको त्रासबाट प्रत्यक्ष प्रभावित बनेको छ। विश्वव्यापी रूपमा नै कोरोनाको संक्रमण बढ्दो छ। यही सन्दर्भमा शनिबारयता हरेक दिन नै सरकारले एकपछि अर्को निर्णय गर्दै अंकुश लगाएका कारण समग्र पर्यटन क्षेत्र अहिले पर्ख र हेरको अवस्थामा रहेको उद्योगी, व्यवसायीले बताएका छन्।

    विनायक शाह, उपाध्यक्ष होटल संघ नेपाल (हान) : करिब १० खर्ब रुपैयाँभन्दा बढी लगानी रहेको होटल व्यवसाय कोरोनाको त्रासबाट बढी प्रभावित बनेको छ। २५ लाख पर्यटकलाई सेवा दिन सक्ने गरी क्षमता वृद्धि गरेको होटल व्यवसायको सरदर अकुपेन्सी दर ५० प्रतिशत रहेकोमा पछिल्लो २ महिनामा सरदरभन्दा आधाले घटेको छ। मार्च सुरु भएदेखि नै कोरोना सतर्कतामा सरकारले गरेका निर्णयका कारण होटलको अकुपेन्सी अझ घट्ने साझै भन्न सकिन्छ। यसमा सरकारले राहतसँगै आन्तरिक पर्यटनमा जोड दिन जरुरी छ।राजधानीमा सञ्चालित पाँचतारे होटलमा आधाभन्दा बढीले अकुपेन्सी दर घटेको बताइएको छ। हाटल याक एन्ड यतिमा ५० प्रतिशतले नै पर्यटक आवागमन घटेको छ।

    सन्तवीर लामा, अध्यक्ष हिमालय पर्वतारोहण संघ : चीनले हिमालय पर्वतारोहणको रोयल्टी शुल्क बढाएपछि नेपालतिरबाट पर्वतारोहणको प्रतिशत बढ्ने अपेक्षा गरिएको थियो। तर, सरकारको पछिल्लो निर्णयसँगै नेपाल आउने पर्यटक अन्योलमा परेका छन्।

    गंगाप्रसाद नेपाल, अध्यक्ष नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सी (नारा) : नेपालमा र्‍याफ्टिङ लागि सेप्टेम्बरदेखि अक्टोबर र मध्य फेबु्रअरीदेखि जुनको पहिलो हप्ता गरी २ वटा सिजन छन्। दोस्रो सिजन सुरु भए पनि कोरोनाको प्रभावका कारण विदेशी तथा स्वदेशी पर्यटकको संख्यामा कमी आएको छ। नेपाल आउने पर्यटकको कुल संख्याको ५ प्रतिशतले र्‍याफ्टिङ गर्ने गरेका छन्।

    खुमबहादुर सुवेदी, अध्यक्ष ट्रेकिङ एजेन्सीज एसोसिएसन नेपाल(टान) : पदमार्ग क्षेत्र उच्च प्रभावमा परेको छ। २०७२ सालको भूकम्पभन्दा पनि कोरोनाको असर डरलाग्दोमा रूपमा छ। भूकम्पपछिको समयमा विदेशी भोलेन्टिएर नेपाल आउने, विदेशी निकायबाट सहयोग रकम पनि पाइरहेकाले आर्थिक कारोबार भइरहेको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भोलिदेखि बालबालिकालाई खोप लगाइने
    स्वास्थ्य बीमा आफैँ बिरामी
    भारतमा २४ घण्टामा तीन हजार १५७ जना कोरोनाका नयाँ सङ्क्रमित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.