• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

बिश्वभर कोरोनाबाट ३१सय ६८ को मृत्युु,९५हजार बढिमा संक्रमण


  •     / २०७६, २१ फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement

    २१ फाल्गुन २०७६, बुधबार/काठमाडौं ।कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या ३१ सय ६८ पुगेको छ । ९२ हजार मानिस कोरोनाबाट संक्रमित भएका छन् ।

    अहिलेसम्म ८० मुलुकमा कोरोनाको संक्रमण देखिएको र फैलने क्रम तीब्र भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।

    चीनमा सोमबार साँझ थप १ सय ७२ जनाको जनाको मृत्यु भएको छ । योसँगै चीनमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ९ सय ४५ पुगेको छ । ८० हजार १ सय ५३ जना संक्रमित भएका छन्
    चीन बाहिर १३ वटा मुलुकमा २ सय २१७ जनाको मृत्यु भएको छ । अरु ६ जनाको डायमण्ड प्रिन्सेस नामक जाहाजमा मृत्यु भएको छ ।


    चीन बाहिर सबैभन्दा धेरै इटालीमा ७९ जनाको मृत्यु भएको छ । यस्तै इरानमा ७७ जना, दक्षिण कोरियामा ३४, अमेरिकामा ९ जना, जापानमा ६, फ्रान्समा ४, हङकङमा २ तथा थाइल्याण्ड, अष्ट्रेलिया, सन मारिनो, फिलिपिन्स, ताइवान र स्पेनमा १/१ जनाको मृत्यु भएको छ ।
    चीनबाहिर १२ हजार मानिसमा कोरोनाको संक्रमण देखिएको छ।


    चीन बाहिर संक्रमणको संत्रास
    दक्षिणको कोरियामा कोरोनाबाट थप ४ जनाको संक्रमितको मृत्यु भएपछि मृतकको संख्या ३४ पुगेको छ ।
    त्यहाँ ८ सय ५१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या ५१ सय ८६ पुगेको छ ।
    कोरोनाको संक्रमण फैलिएको सूचना लुकाएको भन्दै सिञ्चेओन्जी चर्चका पादरीमाथि छानविन सुरु गरिएको छ ।सरकारले चर्चका संस्थापक म्यान हीसहित १२ जनामाथी अनुसन्धान सुरु गरेको बताइएको छ ।


    इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ । एकैदिन अरु २७ जना मृतकको संख्या थपिएपछि ज्यान गुमाउनेको संख्या ७९ पुगेको हो । यसअघि इटालीमा ५२ जनाले ज्यान गुमाएका थिए ।
    ४ सय ६६ जना नयाँ कोरोनाका संक्रमित थपिएपछि बिरामीको संख्या २५ सय २ पुगेको छ ।
    इरानमा ७७ जनाको कोरोनाबाट मृत्यु हुँदा संक्रमितको संख्या २३ सय ३६ पुगेको छ । एकैदिन अरु ८ सय ३५ जनामा संक्रमण देखिएको छ।
    इरानमा २३ जना सांसदमा समेत कोरोनाको संक्रमण देखिएको बताइएको छ । जापानमा ६ जनाको मृत्यु भएको छ भने ३ सय १९ जनामा संक्रमण देखिएको छ ।


    फ्रान्समा थप १ जनाको मृत्यु भएपछि अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ जनाको मृत्यु भएको छ भने २ सय ३३ जनामा संक्रमण देखिएको फ्रान्सेली अधिकारीहरुले पुष्टि गरेका छन् ।


    स्पेनमा पहिलो पटक कोरोनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुने नेपाल भ्रमण गरेर फर्किएकी एक ६९ बर्षीया महिला छन् । स्पेनमा संक्रमित हुनेको संख्या २ सय १० छ ।


    जर्मनीमा कोरोना संक्रमितको संख्या २ सय ३१ पुगेको छ । यसअघि यहाँ १ सय ९६ जनामा संक्रमण देखिएको थियो । त्यहाँ ३१ जना कोरोनाका बिरामी थपिएको जर्मनीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।


    अमेरिका–कोरोना भाइरसका कारण ९ जनाको मृत्यु भएको छ । वासिङ्टन राज्यमा सोमबार थप २ जनाको मृत्यु भएपछि मृतकको संख्या ९ पुगेको हो ।
    अमेरिकाका विभिन्न राज्यमा अहिलेसम्म संक्रमित हुनेको संख्या १ सय ३६ पुगेको छ ।
    विश्व स्वास्थ संगठनका अनुसार पछिल्लो १० दिनमा ४५ मुलुकमा कोरोनाको संक्रमण देखिएको छ ।


    यसैसाता कतार, साउदी अरव, इक्वेडर लक्जेबर्ग आइरल्याण्ड, स्पेन लगायतका मुलुकमा कोरोनाको भाइरसको संक्रमण देखिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आबेको हत्यापछि शोकमा डुब्यो जापान
    फिलिपिन्सका राष्ट्रपतिको सपथग्रहणमा विनोद चौधरी सहभागी
    बाढीमा परी बङ्गलादेशमा २५ जनाको मृत्यु
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.