फागुन २१,२०७६ दिल्लीमा कोरोना भाइरसको पहिलो सं’क्रमित भेटिएपछि दिल्लीको नोएडामा दुई निजी विद्यालय केही दिनका लागि बन्द गरिएको छ । विद्यालयले इमेल र वाट्स एपमार्फत विधार्थीका अभिभावकलाई जानकारी गराएका छन् । विद्यालय बन्द गरेकोमा नडराउन समेत आग्रह गरेका छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।
दिल्लीमा जो व्यक्ति भाइरस सं’क्रमित भएका थिए, उनको बच्चा नोएडास्थित विद्यालयमा पढ्छन् । उक्त व्यक्ति विदेशबाट फर्केपछि घरमा पार्टी गरेका थिए । त्यो पार्टीमा पाँच परिवार र १० जनाको उपस्थिति रहेको थियो । पार्टीपछि जाँचमा उनी भाइरस सं’क्र’मित भएको देखिएको हो ।