फागुन २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण जारी रहेको छ । त्रिवि शिक्षण अस्पतालको क्याबिन नम्बर ६०१ बाट अपरेशन थिएटरमा जानुअघि प्रधानमन्त्री ओलीले आफ्नै देशको माटोमा आफू भएकाले ढुक्क रहेको बताएका छन् ।ओलीले चिकित्सकहरुसँग कुरा गर्दै आफूलाई केही नहुने र छिट्टै स्वस्थ भएर काममा फर्किने बताए । छु ।’
उनले स्वदेशमै उपचार हुने भएकाले ढुक्क रहेको पनि पटक पटक दोहोर्याएका थिए ।विभिन्न विषयका विशेषज्ञहरुबाट स्वास्थ्य परीक्षण गरिएको समेत अस्पतालले बताएको छ । प्रत्यारोपण अगाडि गरिने नियमित डायलासिस तथा ल्याव परीक्षणहरु गरिएको थियो । त्यस्तै स्वास्थ्य स्थिति राम्रो अवस्थामा रहको र विशेषज्ञहरुको निरन्तर निगरानीमा रहेको अस्पतालले बताएको छ ।