फागुन २१ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ५ नम्बर प्रदेश सदस्य बुद्धि जिसीले मृतकका परिवारलाई आर्थिक सहयोग गरेका छन् । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर ७ भनभने नेटाखर्कका ४२ बर्षीय राम बहादुर खड्काको परिवारलाई किरिया खर्चस्वरुप नगद ३५ हजार सहयोग गरेका हुन् ।खड्काको दुवै मृगौला फेल भई फागुन १५ गते निधन भएको थियो । परिवारको आर्थिक अवस्था कमजोर रहेकोले सहयोगस्वरुप रकम उपलब्ध गराएको जिसीले बताए । खड्का परिवारमा अहिले श्रीमतीसहित ९ छोरी र एक छोरा सहित ११ जना छन् ।
तीमध्ये दुई छोरीको विवाह भइसकेको छ । एक छोरीले दिदिको घरमा बसेर पढ्दै आएकी छिन् भने एक छोरीले गरिबीले गर्दा बिचैमा पढाई छाडेकी छन् । ‘उपचारको लागि बुबालाई भएभरको सम्पत्ति बेचेर विभिन्न ठाउँमा पु-र्यायौँ, तर दैवको अगाडी हाम्रो केहि लागेन ।’ छोरी पवित्राले भनिन्, ‘सानै उमेरमा बुबा गुमाउदा धेरै दुःख लागेको छ ।’