
फागुन २१ एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो पटक होली कार्यक्रममा सहभागी नहुने निर्णय गरेका छन् । भारत कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि प्रधानमन्त्री मोदी यो साल हुने कुनै पनि होली कार्यक्रममा सहभागी नहुने भएका हुन् । प्रधानमन्त्री मोदीलाई चिकित्सकहरुको एक टोलीले कोरोना भाइरसबाट बच्न सल्लाह दिएसँगै उनले यो निर्णय लिएका हुन् । भारतमा बुधबारसम्म कोरोना संक्रमितको संख्या २८ पुगेको छ भने संक्रमण भएको आशंका ७० जनालाई निगरानीमा राखिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।