एजेन्सी, २२ फागुन । काेराेना भाइरसका कारण बिरामी परेका ५३ हजार ६ सयभन्दा बढी पूर्णरूपमा निको भएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओे)को अनुसार बुधबारसम्म ५३ हजार ६ सय ८८ जना पूर्ण रुपमा निको भएका छन् ।चीनामा ५२ हजार दुई सय ८, दक्षिण कोरियामा ८८, सिंगापुरमा ७९, ‘डाइमोन प्रिन्सेस’मा २१२, इटालीमा दुई सय ७६, इरानमा पाँच सय ५२, जापानमा ४३, होङकङमा ३७, थाइल्याण्मा ३०, मलेसियामा २२ र अस्ट्रेलियामा २१ जना पूर्ण रुपमा निको भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
त्यस्तै जर्मनीमा १६, ताइवानमा १२, फ्रान्समा १२, भियतनाममा १६, अमेरिकामा ९, मकाओमा ९, क्यानाडामा ७, भारतमा ३ र युएईमा ५ जना पूर्ण रुपमा निको भएका छन् ।स्पेन, ओमन, फिलिपिन्स, रुसमा दुई/दुई जना पूर्ण रुपमा निको भएका छन् भने बराइन, स्वडेन, आइसल्याण्ड, बेल्जियम, इजरायल, फिनल्याण्ड, मेक्सिको, रोमानिया, इजिप्ट, कम्बोडिया, नेपाल, श्रींलकामा एक/एक जना पूर्ण रुपमा निको भएका छन् ।
सूचि : विश्व स्वास्थ्य संगठन
हालसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ हजार २ सय ८६ पुगेको छ । ९५ हजार ४ सय ८३ जना संक्रमित भएका छन् ।