२२ फागुन २०७६ काठमाडौं : समीक्षाका बुवा मेदनी संग्रौला र आमा मुना संग्रौला छोरीको आँट देखेर खुसीले गद्गद् छन्। ‘छोरीलाई एकदम धन्यवाद दिन्छु, छोरीको आँट हिम्मत देखेर खुसी लागेको छ। उनले आँट गरेर प्रधानमन्त्रीलाई मिर्गौला दिएकी छन्’, समीक्षाकी आमा मुनाले भनिन् ‘स्वास्थ्य लाभको कामना छ। राम्रो होस्। हामी पशुपतिनाथसँग प्रार्थना गर्छौं। एकदम राम्रो होस्।’
समीक्षाका बुवा मेदनीले प्रधानमन्त्री र छोरीको स्वास्थ्य लाभको कामना गरेका छन् । ‘प्रधानमन्त्री जीलाई स्वास्थ्य लाभको कामना गर्छु’, समीक्षाका बुवा मेदनीले भने, ‘छोरी समीक्षाले आँट गरेर मिर्गौला दिइन् उनलाई पनि स्वास्थ्य लाभको कामना गर्छु।’ अन्नपुर्णबाट