फागुन २२ – विश्वव्यापी रूपमा फैलिरहेको प्राणघातक कोरोना भाइरसको जोखिम बढ्दै गएपछि स्थानीय प्रशासनले काठमाडौंमा होली खेल्न रोक लगाएको छ । जिल्ला सुरक्षा समन्वय समितिको बुधबार बिहान बसेको बैठकले होली खेल्न नपाइने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरेर काठमाडौं जिल्लामा अर्को निर्णय नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व (होली लगायत) का कार्यक्रमको आयोजना नगर्न र त्यस्ता सम्मेलन तथा कार्यक्रममा सहभागी नहुन आग्रह गरेको छ ।