• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

सरकारी वकील कार्यालयको नवनिर्मित भवन महान्यायाधिवक्ता खरेलद्वारा उद्घाटन


  •     / २०७६, २२ फाल्गुन बिहीबार प्रकाशीत

  • Advertisement

     २१ फागुन।  सरकारी वकिल कार्यालय प्युठानको नवनिर्मित भवन उद्घाटन गरिएको छ । भवनको बुधबार नेपाल राज्यका महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले गर्नुभएको हो । उद्घाटन पछि महान्यायाधिवक्ता खरेलले भवनको निरीक्षण समेत गर्नुभयो । भवन उद्घाटनका क्रममा उहाले देशभरमा ४० वटा भवन निमार्ण गरेको र केही भवन निमार्णका लागि शिलन्यास समेत गरेको बताउनुभयो । अबको ३ वर्षभित्रमा देशभरबाट ९७ वटा भवन निमार्ण गर्ने भन्दै यी भवनहरुबाट पिडितलाई न्याय दिने र पिडितले न्याय प्राप्त गर्ने अड्डा भएकोले पिडितमैत्रि सहितको कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो ।

    समुदायमा सरकारी वकील कार्यालय सञ्चालन भएको र यसका काम के कसरी हुन्छ भन्ने विषयमा समुदायका नागरिकलाई जानकारी दिनुपर्ने खरेलले बताउनुभयो । अबको दिनमा प्युठान जिल्लामा पनि भवन निमार्ण सँगै न्याय सम्पादन गर्न समेत सहज हुने कुरामा जोड दिनुभयो । पाँच नम्बर प्रदेशका १२ वटा जिल्लामध्ये आफु मातहतका १५ वटा कार्यालय रहेको उहाँले बताउनुभयो । त्यसमध्ये ६ वटा नयाँ कार्यालयको उद्घाटन र २ वटा कार्यालयको शिलन्यास गरेको समेत उहाँले बताउनुभयो । संविधान निमार्ण पछि देशको चित्र बदलिएको उहाँले बताउनुभयो । २०४६ साल अगाडीको सासन भन्दा पछिल्लो समय सासन प्रणाली फरक रहेको उहाँको भनाई थियो । संविधान बदलिएको , कानुन बदलिएको , काम कावार्हि बदलिएको भन्दै उहाँले सोहि अनुरुप आफुहरुको कार्यसम्पादन अगाडी बढाएको उहाँले बताउनुभयो । प्रदेश सरकारले पाँच वर्ष संविधान र कानुन फेरिएकाले सिकाईमै जाने उहाँले बताउनुभयो ।

     

    संविधान फेरीएकाले सोचेजति चाहेको काम गर्न नसकेको उहाँको भनाई थियो । नवनिर्मित भवन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका खरेलले स्थानीयतहलाई बलियो बनाएको र विभिन्न अधिकारहरु समेत दिएको बताउनुभयो । फौजदारी न्याय दिने यस कार्यालयले विगत भन्दा केही फरक तरिकाले अगाडी लैजानुपर्ने उहाँले बताउनुभयो । ‘हामीहरुले केही सानो गल्ती गरेको आधारमा कुनै पनि व्यक्तिलाई प्रक्राउ गछौ, यो गलत हो, हामीहरुले गम्भिर कसुर गरेको व्यक्तिलाई प्रक्राउ गर्ने र अरु व्यक्तिलाई प्रमाणका आधारमा प्रक्राउ गर्नुपर्ने उहाँले बताउनुभयो । प्रक्राउ गर्ने मात्र ध्यान नदिएर सरल तरिकाले न्याय सम्पादन गर्न उहाँले आग्रह समेत गर्नुभयो ।

    घट्नाका विषयमा अनुसन्धान सहि तरिकाले भयो भने शान्ति शुरक्षालाई समेत सहजहुने उहाँले बताउनुभयो । प्युठानमा निमार्ण भएको कार्यालयले पिडित जनताको हितको लागि कार्यालय भएको र यसलाई सदुपयोग गर्न उहाँले आग्रह गर्नुभयो । उक्त भवन निमार्णका लागि गत २०७४ साल असार १९ गते सम्झौता भएको थियो भने दुई पटक म्याद थप भई २०७६ पुस १० गते निमार्णकार्य सम्पन्न भएको जिल्ला सरकारी वकिल कार्यालय प्युठानका जिल्ला न्याधिबक्ता शिवप्रसाद आचार्यले बताउनुभयो ।

    भ्याट बाहेक दुई करोड ६८ लाख ४४ हजार ८ सय ४६ रुपैंयाको लागतमा १५ कोठाको भवन निमार्ण कार्य सम्पन्न भएको समेत उहाँले बताउनुभयो । भवन निर्माण सँगै काममा सहज हुने बिस्वास लिएको जिल्ला न्याधिवक्ता आचार्यले बताउनुभयो । आशु ईसान जेभी निर्माण कम्पनीले भवन निर्माणको काम गरेको थियो । महान्याधिवक्ता विश्वराज कोइरालाको अध्यक्षता तथा नेपाल सरकारका महान्याधिवक्ता खरेलको प्रमुख आतिथ्यतामा भएको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा कार्यक्रममा प्रदेश सभा सदस्य कृष्णध्वज खडका, जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्य ,मल्लरानी गाउपालिकाका अध्यक्ष अमरध्वज राना, जिल्ला न्यायाधीश बिष्णु गौतम , प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थ लगाएतले मन्तव्य राख्नुभएको थियो । (रासस)ः

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.