• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

महिलाको नेतृत्वमा विद्यालय


  •     / २०७६, २३ फाल्गुन शुक्रबार प्रकाशीत

  • Advertisement

    प्युठान, २३ फागुन । समाजमा हरेक क्रियाकलापमा महिलालाई कमजोर मान्ने गरिन्छ । तर प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर ५ दामाचौरमा रहेको अमरज्योति प्राथमिक बिद्यालय महिलाहरुकै नेतृत्वमा सञ्चालनमा रहेको छ । २०४६ चैत ५ गते स्थापना भएको विद्यालमा २०७५ माघ महिना देखि ललिता थापाले विद्यालयको प्राधानाध्यपकका रुपमा काम गर्दै आउनु भएको छ ।

    त्यस यता विद्यालय महिलाहरुकै नेतृत्वमा सञ्चालनमा रहेको हो । विद्यालयमा प्राथनाको लागि घण्टी वजाउने पनि महिलानै रहनुभएको छ । विद्यालयमा प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षकहरु, अन्य कर्मचारी र कार्यालय सहयोगी महिला आए पछि विद्यालयको शिक्षण सिकाई प्रभावकारी बन्दै गएको छ ।

    बिद्यालयको शैक्षिक वातावरण, सिकाइ उपलब्धी, व्यवस्थापन, छात्रछात्रा र अभिभावकसँगको समन्वयले विद्यालय नमुना बन्न थालेको छ । आफु शिक्षक मात्र हुदा जिम्मेवारी धेरै नहुने आफनो जिम्मेवारी पुरा गरे पुग्ने गरेको र अहिले भने प्रधानाध्यापक भए पछि कर्तव्य, जिम्मेवारी र उत्तरदायीत्व धेरै रहेको विद्यालयका प्राधानाध्यापक थापाले बताउनुभयो । विद्यालयलाई शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोनात्मक सम्बन्ध मार्फत शिक्षण सिकाई प्रभावकारी बनाउदै लगेको बताउनुभयो ।

    हाल विद्यालयमा प्रअ सहित ७ जना शिक्षक रहेका छन भन ेजसमा ३ जना दरबन्दी मार्फत, २ जना निजि श्रोत, १ जना वालविकासका लागि र एक जना विद्यालय कर्मचारीपनि सबै महिला रहेको उहाँले बताउनुभयो । पहिले पुरुष शिक्षक भएपनि धेरैको घरपाई नमिलेका कारण यस विद्यालयमा टिक्न नसकेका कारण आफुहरुको नेतृत्वमा सञ्चालन गरेको उहाँको भनाई छ ।
    विद्यार्थीहरु धेरै अनुसासित रहेको र एक पटक सिकायो भने ध्यान दिएर सुन्ने, नबुझेको सोध्ने गरेको थापाले बताउनुभयो ।
    हाल विद्यालयमा भौतिक संरचना अभाव
    यस विद्यालयमा भौतिक संरचनाहरु जीर्ण अवस्थामा रहेका कारण सबैभन्दा पहिले भौतिक संरचना निमार्णको काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

    अहिले गाउँपालिका मार्फत १६ लाखको लागतमा २ कोठे भवन निमार्ण हुन थालेको बताउनुभयो । साथै शैक्षिक गुणस्तर पहिले तुलनामा बढाउदै लैजाने बताउनुभयो ।
    यस गाउँमा बालवालिकाको संख्यानै कम भएका कारण विद्यालयमा जम्मा ३८ जना विद्यार्थीले अध्ययन गर्दै उहाँको भनाई छ । महिलाले नेतृत्व गरेको विद्यालयमा केहि चुनौतिहरु रहेपनि राम्रा परिकल्पनाका साथ अगाडि बढेको बताउनुभयो । विद्यालयलाई बालमैत्रि, नमुना विद्यालय बनाउने आफुहरुको प्रमुख लक्ष्य रहेको उहाँको भनाई छ । विद्यालयमा हुने प्राथना, अतिरिक्त क्रियाकलाप, साहित्य जस्ता विविध क्रियाकलापको जिम्मेवारी अनुसार सवै शिक्षक साथीहरुले काम गरेको बताउनुभयो ।

    विद्यालय व्यवस्थापन समितिमा पनि महिला
    विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघमा महिला मात्रै रहेको उहाँले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा माधवा जिसी रहनुभएको छ भने सदस्यहरुमा जानका साही, कल्पना थापा, मधु खड्का, सरिता थापा, विष्णा थापा, तारा नेपाली, अर्चना पौड्ेल र ललिता थापा रहनुभएको छ । यसैगरी शिक्षक अभिभावक संघको अध्यक्षमा निर्मला थापा रहनुभएको छ भने जसको सदस्यहरुमा अन्जिला थापा, माधवा जिसी, कमला नेपाली, तारा थापा, लक्ष्मी विक, खुमा नेपाली, कमला विक र ललिता थापा रहेको जनाईएको छ ।रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.