फागुन २३,काठमाडौं;तीनदिने औपचारिक भ्रमणका लागि नेपाल आएकी ‘मिस वर्ल्ड २०१९’ टोनी एन सिंहले पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईसँग भेटवार्ता गरेकी छन्। नेपाली महिलाले लगाउने पहिरन ढाकाको चोली र सारीमा सजिएकी टोनीले मिस नेपाल अनुष्का श्रेष्ठ तथा पूर्व मिस नेपाल श्रृंखला खतिवडालगायतसँग सामूहिक तस्बिर पनि सार्वजनिक गरेकी छन्।