फागुन २३- काठमाडौँको चर्चित पर्यटकीय गन्तव्य चन्द्रागिरीमा हिउँ परेको छ । शुक्रबार दिउँसो काठमाडौँमा उपत्यकामा वर्षा भएसँगै चन्द्रागिरीमा हिमपात भएको हो ।हिमपात भएसँगै यतिबेला चन्द्रागिरीमा आन्तरिक पर्यटकहरुको लर्को लागेको छ ।
पछिल्लो समय नेपालमा प्रि–मनसुन सुरु भइ देशका विभिन्न भागमा वर्षा भइरहेको छ ।मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । महाशाखाले हाल हाल देशको मध्य, पूर्वी र पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भइरहेको र बाँकी भागमा आंशिक बदली भएको जनाएको छ । रातोपाटि