• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

कहिले बन्छ त ? अन्तरराष्ट्रिय विमानस्थल बुटिक


  •     / २०७६, २३ फाल्गुन शुक्रबार ०९:५३ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    फागुन २३- विदेशीलाई पहिलो प्रभाव पार्ने मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई ‘बुटिक एयरपोर्ट’ का रुपमा रुपान्तरण गर्ने कार्य तीब्र गतिमा अघि बढेको छ । अघिल्लो वर्षनै उद्घाटन गर्ने योजना रहेको विमानस्थलको यो परियोजना विभिन्न समस्याका कारण गति लिन सकेको थिएन । यस कामका लागि सरकारले पुनः तदारुकता देखाएको छ ।अबको छ महिनाभित्रै अन्तरराष्ट्रिय विमानस्थललाई पूर्णरुपमा बुटिक विमानस्थल बनाइनेछ । बुटिक विमानस्थलको अन्तिम तर मुख्य काम अन्तरराष्ट्रिय टर्मिनल बाहिरपट्टिको क्षेत्रमा छानो हाल्ने ‘क्यानोपी’ राख्न बाँकी छ । यो पनि ठेकेदारले साथ दिए छिट्टै सकिने विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले चालु आर्थिक वर्ष अर्थात अबको छ महिनाभित्र विमानस्थ बुटिकका रुपमा रुपान्तरण भइसक्ने बताउनुभयो ।

    उनले भने, “विमानस्थललाई बुटिक बनाउने काम लगभग सकिने क्रममा छ, अबको मुख्य काम भनेको क्यानोपी राख्ने हो, यो काम पनि रफ्तारमा अघि बढ्छ ।”विमानस्थलमा यात्रु व्यवस्थापन गर्ने क्यानोपी बनाउने काम भने कम चुनौतीपूर्ण छैन । विद्युत्, ढल र खानेपानी व्यवस्थापन गर्नुपर्ने भएकाले भौतिक संरचना निर्माणमा ढिलाइ हुने विमानस्थल कार्यालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनबमोजिम सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टका रुपमा रुपान्तरण गर्ने निर्णय गरेको थियो । ‘परम्परागत मौलिकता झल्कने, आधुनिकता टल्कने’ गरी विमानस्थल सिङ्घार्ने काम भइरहेको हो ।सन् २०२० को भ्रमण वर्षकै सिलसिलामा यो काम अघि बढाउने सरकारको योजना थियो । तर खरिद प्रक्रियाको झन्झट, ठेकेदारको कमजारी तथा आवश्यक सामग्रीको अभावले पनि बुटिकको काममा ढिलाइ भएको विमानस्थलको तर्फ छ । यआगामी जेठ महिनाभित्र सक्नुपर्नेछ ।

    देशकै ऐना मानिने अन्तरराष्ट्रिय विमानस्थलाई बुटिक एयरपोर्ट बनाउने अवधारणाअनुरुप धमाधम साजसज्जा र स्वरुप परिवर्तन गर्ने कार्य भइरहेको छ । सोहीअन्तर्गत एक महिनाअघि अन्तरराष्ट्रिय विमानस्थलमा शाक्यमुनि भगवान् गौतमबुद्धको प्रतिमा स्थापना गरिएको थियो । जहाजबाट ओर्लेपछि टर्मिनल छिर्ने ढोकैनेर ठूलो अक्षरमा ‘वेलकम टू नेपाल’ लेखिएको छ, जसलाई नेपालको कला, संस्कृति झल्कने कागजको फ्रेमले सजाइएको छ । त्यसको ठीक पछाडि गरुडले नमस्ते गरेको मूर्ति राखिएको छ ।विमानस्थलभित्र नेपाली मौलिक कलासंस्कृतिको विशेषता झल्कने सामग्रीको साजसज्जाले बुटिक एयरपोर्टको अवधारणालाई सार्थक तुल्याउने प्रयास भइरहेको छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पर्वतको कुश्मास्थित खुर्कोट सवस्टेशन चार्ज शुरु
    घट्यो सुनको मूल्य
    बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पर्वतको कुश्मास्थित खुर्कोट सवस्टेशन चार्ज शुरु

    • २. घट्यो सुनको मूल्य

    • ३. दिलिप र अशिष्माको ‘चल्यो मायाको बतास’भिडियो सार्वजनिक

    • ४. बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही

    • ५. निर्माण भयो स्वर्गद्वारीमा स्वर्ग वाटिका

    धेरै पढिएको
    • १. सुनको मूल्यमा सामान्य गिरावट

    • २. बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

    • ३. घट्यो सुनको मूल्य

    • ४. जुम्लामा अब दैनिक लोडसेडिङ, लोडसेडिङको तालिका सार्वजनिक

    • ५. पुरुषोत्तम गैह्रे र पद्मा बस्यालको स्वर रहेको ‘रोगै पिरतीको’ सार्वजनिक

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.