काठमाडाैं, फागुन २३ ;पाल्पा भन्नेबित्तिकै धेरैको दिमागमा आउँछ रानी महल, करुवा वा ढाका। जिब्रो भने चुकौनी र फुल्की सम्झेर पनि रसाउन सक्छ। काठमाडौंमा फुल्की लोकप्रिय बनाउने प्रयास गरिरहेका छन् तीन बाल्यकालीन साथी- राजिव थापा क्षेत्री, प्रविन कुमार श्रेष्ठ र मिलन ज्ञवाली।काठमाडौंमा पाल्पाली खाजा चिनाउने योजना बुन्दै तीन स्कुले साथी मिलेर शंखमुलमा ‘फुल्की स्टेसन’ खोले।फुल्कीको आफ्नै स्वाद र बनाउने तरिका छ। काठमाडौंमा पाल्पाली खाजा चिनाउने योजना बुन्दै तीन स्कुले साथी मिलेर शंखमुलमा ‘फुल्की स्टेसन’ खोले।दुई शाखाबाट उनीहरूले दैनिक २००० वटासम्म फुल्की (करिब २५० प्लेट) बेचिरहेका छन्। बिहान ११ बजेदेखि बेलुका ८ बजेसम्म खुल्ने फुल्कीमा टाढा–टाढाबाट पनि ग्राहक आउँछन्।गत भदौमा शंखमुल र माघमा मैतिदेवीमा खुलेका यी स्टेशनले महिनामा करिब दुई लाख कमाइरहेको राजिव बताउँछन्।