२३ फागुन् काठमाडौँ– बुधबार मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन थालिएकाे छ।प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिन महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक प्रेम कुमार खड्गाले प्रधामन्त्रीलाई हिँडडुल गराउन थालिएकाे जानकारी दिएका हुन्।कार्यकारी निर्देशक खड्गाले प्रधामन्त्रीकाे स्वास्थ्य अवस्था हेरेर करिब एक सातामा डिस्चार्ज गर्न सकिने बताए।