• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

जिम्मेवार पत्रकारिता गर्न आग्रह


  •     / २०७६, २४ फाल्गुन शनिबार प्रकाशीत

  • Advertisement

    २३ फागुन (रासस)ः प्रेस संगठन नेपाल जिल्ला कमिटी प्यूठानको प्रथम जिल्ला भेला शुक्रबार सम्पन्न भएको छ । विजुवार जुम्रीमा भएको भेलामा जिल्ला कमिटीका सदस्यले सपथ ग्रहण समेत गरेका छन् । कार्यक्रमका बत्ताले प्रेस संगठनका सदस्यले सुखी नेपाली समृद्ध नेपालको अभियान सफल बनाउन कलम चलाउनुपर्ने बताएका छन् । संघीय संरचना अनुसार अहिले बनेका संरचनालाई दिगो र बलियो बनाउन समेत पत्रकारको भूमिका महत्वपूर्ण हुने बत्ताहरुको भनाई छ ।

    राज्यले प्रदान गरेका सेवा सुविधा पछिल्लो समय सहज रुपमा गाउँगाउमा पुगिरहेको भन्दै त्यसलाई सुसुचित गराउन समेत प्रेसको भूमिका अहम हुने बत्ताको भनाई छ । समाजलाई सकारात्मक दिशातर्फ अगाडी बढाउन अहिले प्रेसले भूमिका खेल्नुपर्ने बोल्ने बत्ताको भनाई छ ।

    कार्यक्रममा प्रेस संगठन नेपालका सह–संयोजक गणेश बस्नेतले प्रेस संगठन नेपालका सवै सदस्य तीनै तहको सरकारको गतिविधिलाई जनतामाझ पु¥याउन आग्रह गर्नुभयो । केन्द्र देखि स्थानीय तहसम्मका सरकारले गरेका राम्रा कामलाई ओझेलमा पार्ने गरिएको भन्दै त्यसतर्फ चनाखो बन्न आग्रह गर्नुभयो ।
    नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्यूठानका अध्यक्ष तुल्सीराम शर्माले समाजलाई सकारात्मक दिशामा अगाडी बढाउन जिम्मेवार भएर लाग्न आग्रह गर्नुभयो । पत्रकारको काम सरकारको विरोध गर्नेमात्र होइन, नेता शर्माले भन्नुभयो, तपाईहरुको भूमिका बदलिनुपर्छ, सरकारका सकारात्मक कामका समाचार पनि लेख्न सकिन्छ ।
    प्रेस संगठन नेपालका केन्द्रिय सदस्य बलराम थापाले संगठनलाई चुस्त दुरुस्त बनाउँदै अगाडी बढ्न सुझाव दिनुभयो ।

    गोपालदास स्मृति पत्रकारिता पुरस्कार कार्यक्रममा गोपालदास स्मृति पत्रकारिता पुरस्कार पत्रकार सृजना सेनलाई प्रदान गरिएको छ । नगद १० हजार रुपियाँ राशीको पुरस्कार रेडियो कृपालुमा कार्यरत पत्रकार सेनलाई प्रदान गरिएको हो ।
    मल्लरानी गाउँपालिका ४ खलंगा निवासी पशुपति नारायण नकर्मीले आफ्ना स्वर्गीय वुवा गोपालदास नकर्मीको स्मृतिमा पुरस्कार स्थापना गर्नुभएको हो । ३० हजार रुपियाँको अक्षयकोषको पुरस्कारलाई संरक्षक नकर्मीले २० हजार रुपियाँ थप गरी ५० हजार बराबरको बनाउनुभएको छ ।

    प्रेस संगठन नेपाल जिल्ला कमिटी प्यूठानका संयोजक नोमराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपति, प्रेस संगठन नेपालका प्रदेश कमिटी इन्चार्ज मनोज घर्तिमगर, संयोजक सविन प्रियासन, सह संयोजक मानसिंह विक, केन्द्रिय सदस्य गिरुप्रसाद भण्डारी लगायतको उपस्थिती थियो । कार्यक्रमको सञ्चालन सह–संयोजक विजयसिंह भारतीले गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.