
२६ फागुन, जनकपुरधाम । प्रदेश २ मा लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ । होली पर्वको अवसर पारेर प्रदेश २ सरकारले दुई दिन लगातार बिदा दिएको हो ।प्रदेश सरकारको बिदा सम्बन्धी क्यालेण्डर अनुसार फागुन २७ गते मंगलबार र २८ गते बुधबार सार्वजनिक बिदा तोकिएको छ । २७ गते नै तराई/मधेशमा होली पर्व मनाउन लागिए पनि प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा २८ गते होली पर्व मनाइँदैछ ।