२६ फागुन – आज सोमबार फागु पूर्णिमा अर्थात् होली पर्व नेपलका पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदै छ । काठमाडौंको कोटेश्वर, पाटन, वसन्तपुर लगायत विभिन्न ठाउँमा युवा युवती, बालबालिका तथा विदेशी पर्यटक होली मनाउँदै छन् ।अघिल्ला वर्षको तुलनामा यसपालि होलीमा काठमाडौंमा चहलपहल कम देखिएको छ ।पहाडी क्षेत्रमा आज मनाइने भए पनि तराईँमा भने फागु पूर्णिमाको भोलिपल्ट मनाइन्छ ।