
२०७६ फागुन २६ काठमाडौं । चैत १ गते होटल सोल्टी वा आर्मी अफिसर क्लब मध्ये एकमा हुने भनिएको नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ को ग्रान्ड फिनाले अब आफ्नै स्टुडियोमा हुने भएको छ ।कोरोना भाइरस संक्रमण फैलिरहेको बेला नेपाल सरकारले कुनै पनि गतिविधि नगर्न आग्रह गरेको भन्दै च्यासलस्थित आफ्नै स्टुडियोमा गर्ने निर्णय भएको निर्देशक विशाल भण्डारीले बाह्रखरीलाई जानकारी दिए ।ग्रान्ड फिनालेका प्रमुख अतिथि महजोडी र राजेश हमाल छन् ।ग्रान्ड फिनालेमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुगेका छन् ।