प्रतिमा विश्वकर्मा कृष्णनगर , २७ फागुन विश्व स्वास्थ्य संगठन (who) ले कोरोंना भाइरस लाई महामारी को रूपमा घोषणा गरेकॊ छ !हाम्रो छिमेकि राष्ट्र चीन र भारत यसको संक्रमण बढ़ी देखा परेको हुनाले हाम्रो नेपाल यसको उच्च जोखिममा रहेको ले कपिलवस्तुकॊ कृष्णनगर नगरपालिका वार्ड नम्बर ६ भिल्मी का हिन्दू धर्मावलंबीहरुले फागु पूर्णिमा (होली ) पर्व हवन गरी मनाइएका छन ।
कोरोंना भाईरस बाट बचना , समाजमा सुख शान्ति समृद्धि कायम राख्नाका लागि सो हवन कार्यक्रम गरेका हुन । सनातन धर्म अन्तर्गत पर्ने आर्य समाज : कपिलवस्तु आर्य समाज भिल्मीका कार्यकर्ताहरुले हवन कार्यक्रम गरी होलीको पर्व मनाएका छन । कपिलवस्तु आर्य समाज भिल्मी का कार्यकर्ता योगेश चन्द्र विश्वकर्मा ले वतावरण शुद्धिकरण , कोरोंना भाईरस विनाश र आफ्नो हिन्दू संस्कॄतिलाई उक्साउदै तथा जोगाउदै होली को उपलक्ष्यमा यों कार्यक्रम गरेको उनले बताये ।
साथै आज बिहान हवन कार्यक्रम गरी एक अर्कालाई गुलालको टीका लगाई सबमा माया ,प्रेम र स्नेह कायम रहोस शुभकामना दिदै होली पर्व मनाएका हुन । कपिलवस्तु आर्यसमाज भिल्मी का अगुआ अनरजीत तेली ,संजीत विश्वकर्मा ,दूधनाथ यादव ,प्रकाश गुप्ता ,दुर्गा प्रसाद लोहार ,अजय यादव लगायत को अगुवाईमा सो कार्यक्रम गरिएको हो ।