• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

पर्यटकीय गन्तव्य बन्दै बुलबुले मूल


  •     / २०७६, २८ फाल्गुन बुधबार ०४:३५ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    फागुन २७,२०७६ प्यूठान नगरपालिका– ९ पाखाचितिमा रहेको ऐतिहासिक तथा प्राकृतिक सम्पदा ‘बुलबुले मूल’ पर्यटकीय गन्तव्य बन्दै गएको छ । स्थानीयवासीले बाह्रैमहिना पानी हुने यस स्थानको प्रचारप्रसार गर्न थालेसँगै आन्तरिक पर्यटन स्थलको रुपमा विकास हुँदै गएको हो ।झण्डै दुई सय वर्ष पहिले दूधकोशीबाट प्यूठान आएका कविराज भण्डारीले पानीको मूलको महिमा भएकै कारणले कोटहरूमा नवसी पाखाचिति मूलनजिकै बस्ती बसाली आफ्ना सन्तानलाई त्यहाँ बस्ने वातावरण मिलाएको भण्डारी वंशावलीबाट बुझ्न सकिन्छ । वर्षौँ पुरानो लिसोको विशाल रूखमुनी समथर भूभागबाट एकै स्थानबाट पानी निस्कनु यहाँको प्रमुख विशेषता थियो । तर, अहिले लिसोको रूख नभइ तेजुका साथै अन्य जातिका नयाँ पुराना धेरै रूखले भरिपूर्ण ठाउँ प्राकृतिक रूपमा सफा र सुन्दर रमणीय छ । उक्त मूलमा २२ वटा धारा छन् । त्यस मूलमा हिउँदमा होस् वा वर्षात्मा सधैँभरि एकनास पानी हुने यहाँको अर्काे विशेषता हो ।

    बस्तीका बीचमा रहेको सुन्दर प्राकृतिक सम्पदाको संरक्षणको लागि प्यूठान नगरपालिका, संसद् विकासकोष, वडा कार्यालयका साथै स्थानीय भण्डारी तथा जिसी परिवारको आर्थिक सहयोगमा परम्परागत २२ वटा ढुङ्गेधारा जडान गरिएको छ । प्रति धारा रु नौ हजारदेखि १८ हजार बराबरको लागतमा धारा निर्माण गरिएको छ । पाटनबाट खरिद गरी व्यवस्थित जडान गरिएका ढुङ्गेधाराबाट नियमित रूपमा सबै धारबाट समान रूपमा पानी झर्ने गरी धारा निर्माण गरिएको स्थानीयवासी हिमा जिसीले जानकारी दिनुभयो ।

    जति–जति मौसम चिसिँदै जान्, त्यतिकै मात्रमा त्यस मूलको पानी तातो हुने र जाडो समयमा नुहाउन सहज हुन्छ । माघे सङ्क्रान्ती पर्वमा यहाँ स्नान गर्दा छाला रोग तथा अन्य रोग निको हुने धार्मिक विश्वास छ । माघे सङ्क्रान्ती पर्वको अवसरमा बुलबुले मूलमा विशेष कार्यक्रमको आयोजना गरी विभिन्न साँस्कृतिक कार्यक्रम हुने गरेको बुलबुले मूल व्यवस्थापनका अध्यक्ष दिनबहादुर भण्डारीले बताउनुभयो । जेष्ठपूर्णिमाको अवसरमा यस मूलमा दूधको धार, नयाँ अन्नबाली चढाउनुका साथै विभिन्न भेँडाहरूको बलि चढाउने प्रचलन रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षौँ पुरानो यो संस्कार निरन्तर चलिरहेको छ ।

    विसं २०५२ मा उक्त मूलको पानीबाट नौ किलोवाट विद्युत् उत्पादन गर्न सकिने भएपनि साँढे ५ किलोवाट विद्युत् उत्पादन गरी २५ र ३० घरमा विद्युत्सेवा उपलब्ध गराएको छ । ६० र ७० घरमा सेवा पु¥याउने गरी विद्युत् उत्पादन क्षमता विस्तारका लागि प्राविधिक भएको दिनबहादुर जिसीले जानकारी गराउनुभयो । उक्त मूलको पानीले एउटा कुटानीपिसानी मिल सञ्चालन गर्नुका साथै थुप्रै जग्गा जमिन सिञ्चित गरेको छ ।

    प्यूठान नगरपालिका– ९ को मध्ये भागमा अवस्थित बुलबुलेको संरक्षण र सम्वद्र्धन गर्ने हो भने सुन्दर पर्यटकीयस्थल बन्ने र आर्थिक आयआर्जनमा टेवा पुग्ने विश्वास लिइएको छ । उक्त बुलबुले मूललाई प्यूठान नगरपालिकाले संरक्षणको लागि रु एक लाख आर्थिक सहयोग गरेको थियो । नियमित रूपमा प्यूठान नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण ऐतिहासिक, पुरातात्विक तथा प्राकृतिक सम्पदाको संरक्षण तथा विकासको लागि गुरूयोजना बनाइ अगाडि बढाएको छ । यस पर्यकीय स्थलमा मासिक ५०० बढी अवलोकनका आउने गरेका छन् ।

    सञ्चारको पहुँचदेखि ओझेलमा परेका कारण यसको प्रचारप्रसारमा पत्रकारको महत्वपूर्ण भूमिका रहने बागेश्वरी महिला बहुउद्देश्य सहकारीद्वारा सञ्चालित होमस्टेका सञ्चालक हिमा जिसीले बताउनुभयो । पर्यटन प्रवद्र्धनका लागि सामुदायिक होमस्टेका रुपमा विकास गर्न आवश्यक रहेको भन्दै यसको उथानको लागि उहाँले पत्रकारलाई आग्रह गर्नुभयो । आगामी दिनमा वन तथा पर्यटन मन्त्रालयमार्फत व्यवस्थित गर्ने उहाँको भनाइ छ ।  रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ
    रुपन्देहिमा जिल्ला स्तरीय अन्तर मा.बि. टेबल टेनिस प्रतियोगिता हुने
    प्यूठानमा अटो दुर्घटना हुदा एक जनाको मृत्यु
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ

    • ३. रुपन्देहिमा जिल्ला स्तरीय अन्तर मा.बि. टेबल टेनिस प्रतियोगिता हुने

    • ४. झिमरुकमा ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम मार्फत जेष्ठ नागरिकलाई कोसेली

    • ५. कालिका विकास केन्द्रको अध्यक्षमा श्रेष्ठ

    धेरै पढिएको
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.